गुठी विधेययकविरुद्ध जनता सडकमा
क्रेजी साप्ताहिक । गुठी विधेयक खारेजीको माग गर्दै आज काठमाडौंको माइतीघरमा विशाल प्रदर्शन भएको छ । काठमाडौंको विभिन्न ठाउँबाट सुरु भएको जुलुस माइतीघर आइपुगेको थियो । सरकारले गुठी विधेयक फिर्ता लिएको घोषणा गरे पनि काठमाडौंबासीले त्यसमा चित्त बुझाएनन् । हजारौं सर्वसाधारण नेपाली झण्डा बोकेर जुलुसमा सहभागी भएका थिए ।


