बालसेवालाई बस खरिदको लागि सेर्माद्वारा आर्थिक सहयोग प्रदान

क्रेजी संवाददाता शिवसताक्षी । हङकङमा लामो समयदेखि कार्यरत बुद्धराज सेर्मा (चपेता)ले स्थानीय बालसेवा आधारभूत विद्यालयलाई स्कुल बस खरिदको लागि ५१ हजार १ सय ५१ रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको छ । मङगलबार झापा शिवसताक्षी वडा नं. ७ मा स्थापित विद्यालयमा एक कार्यक्रमको बीच सेर्माको श्रीमती आशाहाङमा लावती सेर्माले विद्यालय व्यवस्थापन

पञ्चायतका विद्यार्थीहरुले न्यायिक समितिसँग गर्यो अन्तरक्रिया

क्रेजी संवाददाता पथरीशनिश्चरे । पञ्चायत मावि पथरीका कानुन विषय समूहमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूले मोरङका लेटाङ र कानेपोखरी पालिकाका न्यायिक समितिमाझ समसामयिक न्यायसम्पादनका विषयमा अन्तरक्रिया गरेका छन् । आज उक्त माविका कक्षा १२ को कानुन विषयमा अध्ययनरत विद्यार्थीहरूले कानेपोखरी गाउँपालिका उपाध्यक्ष एवम् न्यायिक समिति संयोजक भोलाप्रसाद अधिकारी

पथरी बहुमुखी क्याम्पसले गर्यो विद्यार्थीलाई स्वागत

क्रेजी संवाददाता पथरी। पथरी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले विद्यार्थीहरुलाई स्वागत गरेको छ । सोमबार क्याम्पसको सभाहलमा आयोजित स्वागत तथा सांस्कृतीका कार्यक्रममा प्रथम वर्षमा भर्ना भएका नयाँ विद्यार्थीहरु स्वागत गरेको हो । सो कार्यक्रममा विद्यार्थीहरुले आफ्नो दमदार प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथी पथरीशनिश्चरे १ का वडाध्यक्ष

पथरी बहुमुखी क्याम्पसमा ७५ लाखको प्रशासनिक भवनको निर्माण

ईस्वर दुलाल पथरी । नेपालकै उत्कृष्ट नतिजा ल्याउन सफल पथरी बहुमुखी क्याम्पसमा प्रशासनिक भवन निर्माण भई रहेको छ । पथरीशनिश्चरे १ मा स्थापित क्याम्पसले युजीसी अनुदान द्वारा ७५ लाखको प्रशासनिक भवन निर्माण गरेको हो । भवनको गत कार्तिक २० गते सिल्यान्यास गरिएको थियो । भवन ६ कोठाको निर्माण हुने छ

नगर खेलकुद विकास समितिद्वारा दुई निर्णयहरु पारित

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे नगरपालिका नगर खेलकुद विकास समितिको पहिलो बैठक समितिका संयोजक दिपक राईको अध्यक्षतामा सम्पन्न भएको छ । आज नगर प्रमुख मोहन प्रसाद तुम्बापोको प्रमुख आतिथ्थतामा सो बैठक सम्पन्न भएको हो । वडा नं २ का वडा अध्यक्ष नैना राई तथा नगर खेलकुद विकास समितिका सह–संयोजक

पथरी बहुमुखी क्याम्पसमा विश्व विद्यालय अनुदान आयोगको भिजिट पूरा

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे–१ मा अवस्थित पथरी बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तरलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन क्वालिटी एसुरेन्स एण्ड एक्रिडिटेशन (क्यूएए) प्रक्रियाको लागि विश्व विद्यालय अनुदान आयोगको प्रथम भिजिट आज पूरा भएको छ । विश्व विद्यालय अनुदान आयोगको पूर्ब सदस्य सचिव तथा आयोगको विशेषज्ञ प्राध्यापक भोलानाथ पोखरेल र नबिना चौलागाइले

हेम्स इन्टरटेनमेन्टद्वारा विद्यालय सामग्री वितरण

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. १० मा स्थापित श्री हिरक आधारभूत विद्यालयमा विद्यालय सामग्री वितरण कार्यक्रम गरिएको छ । आइतबार हेम्स इन्टरटेनमेन्ट अनलाइन यु ट्युब च्यानल मार्फत् स्कुल ब्याग वितरण गरिएको हो । ग्रामीण क्षेत्रका सामुदायिक दिद्यालयको शिक्षाको स्तरलाई उठाउन सहयोग पुग्न सकोस् भन्ने हेतुले आयोजना

पथरी बहुमुखी क्याम्पसमा त्रिभुवन विश्व विद्यालय अनुदान आयोग फिल्ड भिजिटमा

क्रेजी संवाददाता पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरेमा अवस्थित पथरी बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तरलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन क्युएए प्रक्रिया अघि बढेको छ । आज शैक्षिक गुणस्तर क्यूएए प्रमाणित गर्न प्रक्रिया अघि बढेपछि त्रिभुवन विश्व विद्यालय अनुदान आयोग प्रि फिल्ड भिजिटको लागि क्याम्पसमा आएको हो । विश्व विद्यालय अनुदान आयोगकोको पूर्ब सदस्य सचिव

प्याव्सनद्वारा स्पेलिङ कन्टेस्ट प्रतियोगिता

क्रेजी संवाददाता पथरी । प्याव्सन पथरीशनिश्चरे नगर समितिको आयोजनामा प्याव्सन स्पेलिंङ कन्टेस्ट प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार पथरीशनिश्चरे वडा नं. २ को सिनभिलेज पार्टी प्यालेसमा भएको सो प्रतियोगितामा प्राप्ताङ्क बराबर भए पश्चात् टाइब्रेकरमा पूर्व क्षितिज प्रथम र सुपब् मोडल स्कुल दोस्रो भएको छ । यस्तै तेस्रो र चौथो स्थानका

दुई सामुदायिक विद्यालयको अनुगमन र सरोकारवालाहरुसँग छलफल

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका अनुगमन समितिको संयोजक एवम् उपप्रमुख देवीमाया काफ्लेको अगुवाइमा आज २ वटा सामुदायिक विद्यालयको अनुगमन गरिएको छ । वडा नं. ८ मा अवस्थित बुद्ध मावि तथा वडा नं. ५ को अमरसिंह माध्यमिक विद्यालयमा उपप्रमुख, नगरका शिक्षा अधिकृत नविन खुलालले विद्यालयको अनुगमन गरी विद्यालयमा