
उभौली र बुद्ध जयन्तीमा प्रदेश नं. १ का मुख्यमन्त्रीको शुभकामना
क्रेजी साप्ताहिक विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले किरात समुदायको महान् चाड उभौली तथा बुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । विहिबार एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको लागि शुभकामना