प्रतिस्पर्धी हिरोको फिल्म प्रचारमा सँगै उभिए प्रदीप र अनमोल

नेपाली फिल्म क्षेत्रका कलाकारबीच एकता छैन भनिन्छ । एकअर्कालाई सहयोग गर्ने परिपाटी नबन्दा हरेक कलाकारका फ्यानहरु पनि विभाजित छन् । अझ एक कलाकारको फिल्म रिलिज हुँदा वा प्रचार सामग्री सार्वजनिक हुँदा अर्को कलाकारले शुभकामना दिन समेत हिच्किचाएको पाइन्छ । बारम्बार कलाकारबीच एकता आवश्यक रहेको टिप्पणी पनि हुँदै आएको छ ।

‘बोल माया’को दोस्रो भाग ल्याउने तयारीमा प्रकाश सपुत

गायक प्रकाश सपुत पछिल्लो गीत ‘सकम्बरी’लाई लिएर चर्चामा छन् । नारीद्वेषी भन्दै कतिपय यो गीतको विरुद्ध खनिएका छन् भने प्रकाशले चाहिं पितृसत्तात्मक कोणबाट उक्त गीत प्रस्तुत गरेको प्रतिक्रिया दिएका छन् । जे होस्, यी दुई मतबीच ‘सकम्बरी’ रिलिजको पाँच दिनदेखि युट्युब ट्रेन्डिङको शीर्षस्थानमा छ ।यो चर्चा र विवादको बीचमा गायक

‘आमा’देखि ‘शान्तिदीप’सम्म : १० नेपाली फिल्मले पाए डिजिटल जीवन

फिल्म छायांकन, पोस्ट प्रोडक्सनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गर्छ । नेपालमा ‘डिजिटल यात्रा’ को सुरुवात भूषण दाहाल निर्देशित ‘कागबेनी’ र आलोक नेम्वाङ निर्देशित ‘सानो संसार’को निर्माण र प्रदर्शनसँगै भएको थियो । सन् २००८ मा क्वेस्ट इन्टरटेनमेन्टले निर्माण गरेका यी दुई फिल्मसँगै डिजिटल प्रविधि भित्रिएको र निर्माण सहज, व्यवस्थित तथा व्यावसायिक

सामाजिक कथामा बन्यो ‘केशरी’

सामाजिक कथामा टेलिचलचित्र ‘केशरी’ निर्माण भएको छ । सेलिब्रेटी नेपालको प्रस्तुति रहेको टेलिचलचित्रका लेखक तथा निर्देशन उत्तम अधिकारी हुन् । टेलिचलचित्रको मुख्य भूमिकामा कलाकार आशा भुसाल रहेकी छन् । नारी बेदनाको कथा उठाएको टेलिश्रृखलाकोलाई रघुनाथ सापकोटाले बनाएको हुन् । ‘केशरी’मा आशाको अलावा लक्ष्मीनाथ तिमल्सिना, विनय राज पौडेल, प्रदीप सिंह थापा,

‘ब्रह्माण’को पोखराबाट छायाङ्कन सुरु

कान्तिपुर फिल्म एकेडेमी, काठमाडौँ र टोपी स्टुडियोज पोखराले बनाउन लागेको नेपाली सिरीज ‘ब्रह्माण’ को शुभमुर्हूत गरिएको छ । मंगलबार पोखरा स्थित गुप्तेश्वर महादेव मन्दिरमा कलाकार तथा प्राविधिकको उपस्थितिमा सिरिजको शुभमुहुर्त गरिएको हो । मुहुर्तसँगै सुटिङ पनि सुरु भएको निर्माण युनिटले जनाएको छ । रियाज नाटक्कारको लेखन तथा निर्देशन रहेको सिरिजको

‘बिहे पास’ ले कस्तो पायो दर्शक ?

नयाँ वर्षको अवसरमा वैशाख १ गतेबाट देशभर प्रदर्शन आएको फिल्म हो ‘बिहे पास’ । श्रीमती तथा ससुरा फकाउन सरकारी जागिरको खोजीमा रहेका एक युवकको संघर्ष र प्रत्यत्नको कथामा निर्माण भएको फिल्मले राम्रै दर्शक पाउन सफल भएको निर्माता रोहित कट्टेल बताउँछन् । सञ्चारकर्मीबाट पनि राम्रो प्रतिक्रिया पाएको फिल्ममा अभिनेता दयाहाङ राई

मंसिर ८ मा लक्ष्मी र मुकुनको ‘बिच्छेद’

सत्यराज चौलागाईं निर्देशित फिल्म ‘बिच्छेद’ आगामी ८ मंसिरबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एकपोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति बाहिर ल्याएको हो । पोस्टरमा फिल्मका मुख्य कलाकार मुकुन भुषाल र लक्ष्मी बर्देवा देखिएका छन् । तर, उनीहरुको अनुहार देखाइएको छैन । डाँडामा बसेर सेता हिमाल हेर्दै गरेको

मुक्तिनाथमा सलोन र केकीको दृश्य खिच्दै सकियो ‘जय हो’ छायांकन

फिल्म ‘जय हो’बाट सलोन बस्नेत र केकी अधिकारीको क्यारेक्टर लुक्स सार्वजनिक भएको छ । फिल्म छायांकन समापनसँगै निर्माताले सेटबाट ताजा तस्वीर बाहिर ल्याएका हुन् । तस्वीरमा केकी र सलोनलाई मुक्तिनाथ मन्दिरमा पूजाआजा गर्दै गरेको मुडमा देख्न सकिन्छ । फिल्ममा यी दुई कलाकारले जोडीको भूमिका निर्वाह गरेका छ्न । मुस्ताङको प्रसिद्ध

सीमा संरक्षणको सन्देश बोकेको फिल्म ‘काँडेतार’को शीर्ष गीत सार्वजनिक

सीमा संरक्षणको सन्देश दिने कथावस्तु बोकेको फिल्म ‘काँडेतार’को शीर्ष गीत सार्वजनिक भएको छ । शनिबार सार्वजनिक गीतमा नवल खड्का, सुरविना कार्कीसहित शीर्ष कलाकारको अभिनय छ । नयाँवर्षको अवसरमा सार्वजनिक गीतले राष्ट्रिय हितको पक्षमा उभिन आह्वान समेत गर्छ । गीतमा गौरव पहारी, रेविका गुरुङ, प्रशान्त यादव, मुरलीधरण, प्रेम सुब्बा, सञ्जल खतिवडा,

कम शो पाएको ‘बुलाकी’को सुखद व्यापार, सकारात्मक प्रतिक्रिया

  शुक्रबारदेखि रिलिज भएको फिल्म ‘बुलाकी’ले बक्सअफिसमा सुखद सुरुआत गरेको छ । यो फिल्मलाई मल्टिप्लेक्सले निकै नै कम शो उपलब्ध गराएका छन् । ‘जारी र बिहे पास’को तुलानामा कम शो पाएको फिल्मले प्रिमियरबाट नै उत्कृष्ट प्रतिक्रिया पाएको थियो । शुक्रबार यो फिल्मले देशभरका मल्टिप्लेक्समा दर्शकको सुखद साथ पाएको छ ।