’थलापति ६७’ मा भिलेन सञ्जय दत्त

बलिउड अभिनेता सञ्जय दत्त हिरो र भिलेन दुवै चरित्रमा अब्बल अभिनय गर्छन् । त्यहीकारण उनको फ्यान फलोइङ उल्लेख्य छ । सञ्जयले साउथ फिल्म उद्योगको सुपरहिट फिल्म ‘केजीएफ २’मा भिलेन अधिराको भूमिका निभाएका थिए । यिनै सञ्जय अब साउथ अभिनेता थलापति विजयको फिल्म ‘थलापति ६७’मा पनि भिलेनका रुपमा देखिने भएका छन्

शाहरुख खानको फिल्म ‘पठान’ ले ५ दिनमा कमायो ५०० करोड भारु

शाहरुख खान चार वर्षपछि फिल्म ‘पठान’मार्फत पर्दामा फर्किएका छन् । फिल्मले पाँच दिनमा विश्वभर ५२३ करोड कमाएपछि शाहरुख खानको अनुहार र प्रतिक्रियामा यसको खुसी प्रस्टै देखिएको थियो । यो खुसी बाँड्न लामो समयपछि ३० जनवरीको साँझ शाहरुख खानले आमनेसामने प्रश्नहरू सार्वजनिक रूपमा सम्बोधन गरे । यस पत्रकार सम्मेलनमा शाहरुख आफ्नो

‘पठान’ हिट भएपनि रोइन् दीपिका

शाहरुख खान र दीपिका पादुकोण अभिनीत ‘पठान’ गत २५ जनवरीमा रिलिज भएको हो । रिलिजको समयदेखि नै फिल्मले राम्रो कमाई गरिरहेको छ । फिल्मको सफलतामा दीपिका भने रोएकी छन् । फिल्मको सफलताको उत्सव मनाउन मुम्बईको एक होटलमा आयोजित कार्यक्रममा फ्यानको माया देखेर उनको आँखा रसाएका छन् । कार्यक्रममा उनले सम्पूर्ण

क्युटी मालती : प्रियंका चोपडाले लुकाउँदा लुकाउँदै बाहिरियो छोरीको तस्वीर

पछिल्लो समय बलिउड सेलिब्रिटी आफ्ना शिशुलाई सामाजिक सञ्जालबाट टाढै राख्न खोजिरहेका छन् । सार्वजनिक कार्यक्रममा होस् वा सामाजिक सञ्जालमा केही भन्नुपरे शिशुको अनुहारलाई इमोजीले लुकाएर सार्वजनिक गर्ने उनीहरुको प्रवृत्ति छ । प्रियंका चोपडा र निक जोनसले पनि यस्तै गरेका थिए । यसैसाता प्रियंका लस एन्जलसको एक कार्यक्रममा छोरीलाई लिएर पुगेकी

राजामौलीले सार्वजनिक गरे ‘दसरा’ टिजर, स्टाइलिस फस्टलुकमा नानीको ‘पुष्पा’ लुक्स

दक्षिण भारतीय अभिनेता नानीको करिअरमा सबैभन्दा महत्वपूर्ण मानिएको फिल्म ‘दसरा’को सशक्त टिजर सार्वजनिक भएको छ । ‘न्याचुरल स्टार’को उपनामबाट समेत चर्चित उनको प्रमुख अभिनय रहेको फिल्मको टिजरले दर्शकको ध्यानाकृष्ट गरेको छ । बाहुबली र आरआरआर फेम्ड निर्देशक एसएस राजामौलीले डिजिटल प्लेटफर्मबाट फिल्मको टिजर सार्वजनिक गरेका हुन् । फिल्ममा धनुष, शाहिद

‘टाइटानिक’को कमाइलाई उछिन्दै ‘अवतार २’, बन्यो धेरै कमाउने चौथो फिल्म

जेम्स क्यामरुन निर्देशित हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’को गति तत्कालै रोकिने छाँट छैन । रोचक कुरा के छ भने प्रदर्शनको सातौं सप्ताहन्तमा पनि यो फिल्म बक्स अफिसको शीर्षस्थानमा छ । यो अवधिसम्म उत्तर अमेरिकामा फिल्मले ६२० मिलियन डलर कमाउँदै विश्वभर २.११७ बिलियन डलर कमाइ गरेको छ ।

फिल्म ‘रामायण’मा रावण बन्दै केजीएफ स्टार यश

बलिउड निर्माता नितेश तिवारी केही दिनयता रामायण आधारित पौराणिक फिल्म बनाउने तयारीमा छन् । स्क्रिप्ट तयार भइसकेको छ, जसमा रावणको भूमिकाका लागि ऋतिक रोशनलाई प्रस्ताव गरिएको छ । तर पछिल्लो खबरअनुसार यसमा ऋतिक नभई ‘केजीएफ’ स्टार यशले रावणको भूमिका निर्वाह गर्नेछन्  । पिंकभिल्लाको हालैको खबरअनुसार ऋतिकले रामायणमा बन्ने फिल्मको प्रस्तावलाई

‘पठान’को प्रशंसा गर्दै नेहाले भनिन्– बलिउडमा कि सेक्स बिक्छ कि शाहरुख खान

शाहरुख खानको ‘पठान’ले बक्स अफिसमा एकपछि अर्को रेकर्ड बनाइरहेको छ । जासूस–थ्रिलर फिल्म पठानपछि बलिउडमा ताजा हावा सञ्चार भएको व्याख्या भइरहेको छ । शाहरुखका फ्यान यतिबेला उत्सव मनाइरहेका छन् । नहोस् पनि किन, उनलाई मात्र होइन, बलिउडकै समेत यसले उद्धार गरेको छ । बलिउडकर्मीले यतिबेला पठानका निर्माताको प्रशंसा गरिरहेका छन्

शनिबारसम्म नेपालमा ‘पठान’को कमाइ ५ करोड हाराहारीमा

शाहरुख खान स्टारर बलिउड फिल्म ‘पठान’ले तीन दिनमा नेपाली बक्सअफिसमा तीन करोड रुपैयाँ हारहारीमा कमाइ गरेको छ । बुधबारदेखि रिलिज भएको यो फिल्मले शनिबार एकैदिनमा डेढदेखि २ करोडसम्म कमाइ गर्ने प्रक्षेपण गरिएको छ । जसअनुसार प्रदर्शनको चार दिनसम्म फिल्मको कूल कमाई साढे चारदेखि पाँच करोड ग्रस पुग्ने प्रक्षेपण छ ।

सलमानको ‘टाइगर ३’मा शाहरुख पनि, ‘पठान’ सकिएकै कथाबाट सुरु हुनेछ फिल्म

गत बुधबारबाट हलमा प्रदर्शन भइरहेको फिल्म ‘पठान’बाट शाहरुख खानको क्रेज फेरि एकपटक स्पष्ट देखिएको छ । यो फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ । सामाजिक सञ्जालमा धेरै भिडियो भाइरल भइरहेका छन् । यीमध्ये धेरैजसो शाहरुख र सलमान खानको एक्सन दृश्य भएका भिडियो छन् । वास्तवमा पठानमा सलमानको करिब २०