अनिल कपुर र ज्याकी श्राफ २१ वर्षपछि सुभाष घईको ‘चोर पुलिस’मा आउँदै

अनिल कपुर र ज्याकी श्राफको जोडी बलिउडको सुपरहिट जोडीमध्ये एक हो । यी दुई स्टारले १२ फिल्ममा सँगै काम मात्र गरेका छैनन्, उनीहरु असल साथी पनि हुन् । फिल्म उद्योगमा यति लामो समय कामसँगै मित्रता कायम राख्नु दुर्लभ उदाहरण हो, किनभने यी दुईबीचमा असुरक्षा हाबी छैन । यी दुईको ब्रोमान्सलाई

विश्वका ५० महान् अभिनेताको सूची सार्वजनिक, टम क्रुजदेखि शाहरुख खानसम्म

विश्व फिल्मको प्रतिष्ठित म्यागजिन ‘अम्पायर’ले संसारका ५० महान् अभिनेताको सूची सार्वजनिक गरेको छ । म्यागजिनको फेब्रुअरी संस्करणको लागि तयार पारिएको सूचीमा भारतबाट शाहरुख खान मात्र छनोट भएका छन् । म्यागजिन लेख्छ, ‘यदि त्यहाँ फिल्म छन् भने त्यहाँ अभिनेता पनि छन् । संसारकै महान् अभिनेता बन्नु भनेको धेरै चीज हुन सक्षम

सामन्थाले अभिनयबाट लामो विश्राम लिँदै

दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभुका लागि वर्ष २०२१ हिट फिल्मले खास रह्यो । तर, सन् २०२२ उनका लागि निकै चुनौतिपूर्ण देखियो । विशेषगरि स्वास्थ्यले उनलाई साथ दिएन । उनले यसवर्ष आफू कसरी मायोसाइटिसबाट पीडित भएँ र कसरी निको हुन लामो समय लाग्यो भन्ने कुरा सार्वजनिक गरिन् । ‘यशोधा’ अभिनेत्री

‘मिसन इम्पोसिबल’ टिजर : अभिनेता टम क्रुजले जब जहाज र भीरबाट हामफाले

हलिउड अभिनेता टम क्रुजले आगामी फिल्म ‘मिसन इम्पोसिबल’को छायांकनका केही भिडियो सार्वजनिक गरेका छन् जसमा केही खतरनाक स्टन्ट दृश्य देख्न सकिन्छ ।उनको यो एक्सनलाई हलिउडकै अहिलेसम्मको खतरनाक स्टन्ट मानिएको छ । क्रुज स्वयमले यो श्रृंखलाका अघिल्ला फिल्ममा मृत्युसँग लुकामारी गर्ने खालका दृश्य पस्किएका थिए । उनी ‘मिसन इम्पोसिबल’ शृंखलाको आगामी

अवतार २ : नेपालमा साढे तीन करोड हाराहारीमा कमाइ, विश्वव्यापी ओपनिङ ४४१ मिलियन डलर

हलिउड साइन्स–फिक्सन फिल्म ‘अवतार : वे अफ वाटर’ले नेपाली बक्सअफिसमा ३ करोड रुपैयाँको आँकडा पार गरेको छ । चार दिन (सोमबार)सम्म फिल्मले ३ करोड ४० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको हलिउड स्टुडियो डिज्नेको नेपाल वितरक एप्पल इन्टरटेनमेन्टले जनाएको छ । विकडेजको अकुपेन्सीमा गिरावट आएपछि फिल्मले दोस्रो सप्ताहन्तसम्म ५ करोडको आँकडा

‘ओपेनहाइमर’ ट्रेलर : परमाणु बम बनाएर पश्चाताप गर्ने वैज्ञानिकको कथा

हलिउड निर्देशक क्रिस्टोफर नोलनले आफ्नो आगामी फिल्म ‘ओपेनहाइमर’को ट्रेलर सार्वजनिक गरेका छन् । ट्रेलरले फिल्मको मुख्य कथावस्तु परमाणु बम आविष्कारकको कथा भन्छ । परमाणु बम आविष्कार गर्ने जे रोबर्ट ओपेनहाइमरलाई फिल्मले पछ्याउँछ, जहाँ उनको भूमिकामा सिलियन मर्फीले अभिनय गरेका छन् । ट्रेलर सिलियन मर्फीबाट सुरु हुन्छ, जसमा जे रोबर्ट ओपेनहाइमरले

आगामी भ्यालेन्टाइन्स डेमा ‘टाइटानिक’ उच्च भिजुअल गुणस्तरसहित पुनः रिलिज हुँदै

जेम्स क्यामरुन निर्देशित फिल्म ‘टाइटानिक’ प्रदर्शनको २५ औं वर्ष पुगेको छेकोमा यो विश्वचर्चित फिल्मलाई भिजुअल स्तरोन्नतीसहित आउँदो भ्यालेन्टाइन्स डेमा विश्वभर पुनः रिलिज गरिने भएको छ । फेब्रुअरी १०, २०२३ मा दर्शकले हलमा थ्रीडी, फोरके एचडीआर र उच्च फ्रेम रेटमा रिमास्टर्ड गरिएको टाइटानिकको नयाँ संस्करण हेर्न पाउनेछन् । नेपालमा यसअघि ‘टाइटानिक’

‘अवतार २’ हेर्न फिल्म हलमा जानुअघि जान्नुपर्ने महत्वपूर्ण कुरा

सन् २००९ मा रिलिज भएको ‘अवतार’ विश्वमै धेरै कमाउने फिल्म हो । २.९ बिलियन अमेरिकी डलरको यसको बक्स अफिस कीर्तिमानलाई १३ वर्षपछि पनि कसैले उछिन्न सकेको छैन । यदि तपाईंले त्यतिबेला यसका मुख्य पात्र जेक सुली र नेयतिरीका साहसिक कार्य सम्झनुभएको छ भने पनि फिल्मका कतिपय विवरण र प्लट बिर्सनु

‘पठान’ विवादमा शाहरुखले भने– संसारले जेसुकै गरोस्, सकारात्मक सोचका हामी जिउँदै छौं

शाहरुख खान स्टारर ‘पठान’ले टिजर रिलिजपछि निकै चर्चा पायो । यसपछि निर्माताले ‘बेसरम रङ’को गीत सार्वजनिक गरेपछि फिल्मले प्रशंसाभन्दा बहिष्कारको धम्की पाइरहेको छ ।बहिष्कार गर्नुपर्ने भन्दै अनलाइनमा फिल्मलाई तारो बनाइएको छ । उक्त गीतमा प्रयुक्त दीपिका पादुकोणको पहिरन र त्यसको रङले हिन्दुत्वको अपमान गरेको भन्दै सत्तारुढ भारतीय जनता पार्टीका नेता

दीपिकाको ‘बिकिनी रङ’लाई लिएर भारतमा तरंग, नहटाए रिलिज रोक्ने मन्त्रीको चेतावनी

शाहरुख खानको प्रतीक्षित फिल्म ‘पठान’लाई लिएर बहिष्कारको हावा चल्न थालेको छ । पछिल्लोपटक रिलिज भएको फिल्मको गीत ‘बेसरम रङ’ले भारतमा विवाद सिर्जिएको छ । खासमा अभिनेत्री दीपिका पादुकोणलाई लिएर विवाद चर्किएको हो । गीत रिलिज भएसँगै नृत्य स्टेप र पहिरनलाई लिएर दीपिका विवादले घेरिएकी हुन् । दीपिकाले पहिरिएको मोनोकोनी पहिरनलाई