
प्रमोद खरेलले प्रत्येक सांगीतिक कार्यक्रमबाट रंगशाला निर्माणमा ५ हजार सहयोग गर्ने
क्रेजी साप्ताहिक । गायक प्रमोद खरेलले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालामा आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । उनले आफूले गर्ने हरेक सांगीतिक कार्यक्रमबाट लिएको पारिश्रमिकबाट ५ हजार १ सय ११ रुपैयाँ रंगशाला निर्माणको लागि सहयोग गर्ने बताएका छन् । हरेक १ वर्षसम्म उनले निरन्तर सहयोग गर्ने बताएका छन् ।