
१९७४ एडीले शनिबार काठमाडौंको टुँडिखेलमा ‘इम्ब्रेस अटिजम’ शीर्षकमा कन्सर्ट गर्ने
रक ब्याण्ड १९७४ एडीले शनिबार काठमाडौंको टुँडिखेलमा कन्सर्ट गर्ने भएको छ । अटिजमसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले ‘इम्ब्रेस अटिजम’ भन्ने नाराका साथ ब्याण्डले कन्सर्ट गर्न लागेको जनाइएको छ । काठमाडौं महानगरपालिका र अटिजम केयर नेपाल सोसाइटीसँगको सहकार्यमा हुने १९४७ एडी ब्याण्डको सांगीतिक प्रस्तुति निःशुल्क हेर्न सक्ने व्यवस्था मिलाइएको छ ।