
कांग्रेस महाधिवेशनमा विवाद सुरु, चुनावपछि महाधिवेशन गर्ने प्रस्ताव
काठमाडौँ । निर्धारित समयमा महाधिवेशन गर्न नसक्दा वैधानिकता गुमाउने अवस्थामा रहेको सत्तारूढ दल नेपाली कांग्रेसमा चौधौं महाधिवेशन तत्काल गर्ने कि नगर्ने भन्ने विवाद सुरु भएको छ । दुई दिनदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षका नेताहरूले महाधिवेशन कम्तीमा ६ महिना पर सार्नुपर्ने तर्क पेस गरेपछि विवाद