प्रधानमन्त्रीको दाबी :चितवन रङ्गशालाको समस्या दुई साताभित्र समाधान हुन्छ

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनस्थित भरतपुर क्रिकेट रङ्गशालाको समस्या दुई साताभित्र समाधान हुने दाबी गरेका छन् । बिहीबार भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिबद्धता जनाएका हुन् । ‘आज म यो पनि भन्न चाहन्छु कि–चितवनको क्रिकेट रङ्गशालाको समस्या एक वा दुई हप्ताभित्र

बैतडीमा १८ खेलाडी बन्द प्रशिक्षणमा

जिल्लाका १६ वर्षमुनिको क्रिकेट टोलीको छनोटका लागि १८ खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको छ । तीन दिनसम्म देहिमाडौँमा सञ्चालन भएको छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको बैतडी जिल्ला क्रिकेट सङ्घका कोषाध्यक्ष शेरसिंह खत्रीले जानकारी र्दिए । बन्द प्रशिक्षणका लागि नरेन भट्ट, आकाश चन्द, विक्की चन्द, सुदीप कार्की,

एसीसी प्रिमियिर कपका लागि प्रारम्भिक टोलीको घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले काठमाडौँमा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप २०२३ का लागि प्रारम्भिक २१ सदस्यीय टोलीको घोषणा गरेको छ । वैशाख ५ गतेदेखि सुरु हुने प्रतियोगिताको विजेता सन् २०२३ को एसिया कपमा छनोट हुनेछ । क्यानले घोषणा गरेको टोलीमा कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल,

विराट गोल्डकप :आर्मीलाई सडनडेथमा हराउँदै जावलाखेल सेमिफाइनलमा

विभागीय टिम त्रिभूवन आर्मीलाई सडनडेथमा हराउँदै जवलाखेल युथ क्लब विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित शहीद रंगशालामा शुक्रबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा आर्मीलाई सडनडेथमा ६–५ गोलले पन्छाउँदै जवलाखेल अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमबाट

फिफा वरियतामा नेपालको तीन स्थान सुधार

नेपाली महिला फुटबल टोलीको फिफा वरियतामा तीन स्थान सुधार भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले तीन स्थान सुधार गरेको हो । नयाँ वरियतामा नेपाल एक हजार दुई सय पाँच अङ्कका साथ एक सयौँ स्थानमा उक्लिएको छ । यसअघि नेपाल १०३औँ स्थानमा थियो

न्युजिल्याण्डद्वारा श्रीलङ्का १९८ रनको विशाल अन्तरले पराजित

अकल्याण्ड । न्युजिल्याण्डको भ्रमणमा रहेको श्रीलङ्का पहिलो एकदिवसीय खेलमा १ सय ९८ रनको विशाल अन्तरले पराजित भएको छ । न्युजिल्याण्डले प्रस्तुत गरेको २७५ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलङ्का मात्र १९.५ ओभरमा ७६ रनमा समेटिएको हो । श्रीलङ्कालाई सस्तोमा समेट्न हेनरी शिप्लेले ५ तथा डेर्यल मिचेल र ब्लेयर टिक्नरले २–२ विकेट

ललितपुर मेयर कप क्रिकेट  ऋतुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिम विजयी

ऋतु कनौजियाले उत्कृष्ट बलिङ र ब्याटिङ गरेपछि सुदूरपश्चिम प्रदेशकमा जारी ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ । सुदूरपश्चिमले मधेस प्रदेशलाई आज सम्पन्न खेलमा सात विकेटले पराजित गरेको हो । ऋतुले अविजित २१ रनको योगदान दिनुका साथै विपक्षी टोलीको दुई विकेटसमेत लिइन् ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट

वोङको ह्याट्रिकको मद्दतले मुम्बई इन्डियन्स फाइनलमा

इसाबेल वोङको ह्याट्रिक र नेट सिभर ब्रन्टको तूफानी अविजित अर्धशतकको मद्दतले मुम्बई इन्डियन्सलाई वुमन्स प्रिमियर लिगको फाइनलमा पुगेको छ । ‍शुक्रबार भएको एलिमिनेटर खेलमा मुम्बई इन्डियन्सले युपी वारियर्सलाई ७३ रनले सहजै पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । अब आइतबार हुने फाइनलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सको सामना गर्नेछ । पहिले

अफगानिस्तानसँग पाकिस्तान स्तब्ध

शारजाह । अफगानिस्तानविरुद्धको टी–२० शृङ्खलाको पहिलो खेलमा पाकिस्तान ६ विकेटले पराजित भएको छ । टी–२० मा अफगानिस्तानविरुद्ध पाकिस्तान पराजित भएको पहिलोपटक हो । टस जितेर पहिले ब्याटिङ गर्दै पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ९२ रनको झिनो स्कोर बनाएको थियो । पाकिस्तानलाई सस्तोमा रोक्न फजालहक फारुकी, मुजीब उर रहमान

थपिँदै विदेश पलायन हुने खेलाडीको सूची, सुजल र रजिन अस्ट्रेलिया प्रस्थान

नेपाली राष्ट्रिय फुटबल टोलीका थप दुई खेलाडी विदेश पलायन भएकबा छन् । टोलीका महत्त्वपूर्ण सदस्य रहेका सुजल श्रेष्ठ र रजिन धिमाल बिहीबार अस्ट्रेलियातर्फ प्रस्थान गरेका हुन् । राष्ट्रिय टोलीमा एक दशक बिताएका श्रेष्ठले अस्ट्रेलिया उड्न अघि सन्यासको घोषणा गरेका थिए । उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने आफ्नो लागि यो उपयुक्त