अरिङगालले टोकेर एकको ज्यान गयो
क्रेजी साप्ताहिक उदयपुर । उदयपुरमा अरिङगालले टोकेर १ जनाको ज्यान गएको छ । उदयपुरको कटारी नगरपालिका–९ लिम्पाटारका ३२ वर्षीय दलबहादुर परियारको अरिङगालले टोकेर मृत्यु भएको हो । बुधवार दिउँसो १ बजेको समयमा आफ्नै घर नजिक रहेको चिलाउनेको रूखमा रहेको अरिङगालको गोलोमा आगो लगाउने क्रममा अरिङगालले टोकेर घाइते भएका परियारलाई उपचारको


