कर्णाली नदीमा जीप खस्दा १५ जना वेपत्ता

  क्रेजी साप्ताहिक । कर्णाली नदीमा आज जीप खस्दा १५ जना वेपत्ता भएका छन् । हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका–५ स्थित कर्णाली नदीमा यात्रुबहाक जीप दुर्घटना भएको हो । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार जीपमा गाउँपालिकाका उपाध्यक्ष सिन्धु शाही हमालसहित १५ जना भन्दाबढी सवार थिए । सहायक प्रजिअ पोखरेलले

पथरीमा अव डिएसपीको कमाण्ड

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको सुरक्षा ब्यवस्था अव प्रहरी नायब निरीक्षक (डिएसपी) को कमाण्डमा रहने भएको छ । पछिल्लो समय पथरी बजार र आसपासका क्षेत्र अशान्त वन्दै गएपछि स्थानियले डिएसपिको माग गरेका थिए । असार २ गते देखिनै डीएसपी लक्ष्मी अधिकारीले ईलाकाको आफ्नो कार्यभार सम्हालेका छन ।

पथरीशनिश्चरेमा अर्को शव फेला

क्रेजी साप्ताहिक पथरी । पथरीशनिश्चरेको जंगलमा फेरि अर्को शव फेला परेको छ । सोमबार पथरीशनिश्चरे २ मा अवस्थित सुन्दर सामुदायिक वनको जंगलमा अन्दाजी ४५÷५० वर्षीय पुरुषको शव फेला परेको हो । शवको विषयमा अहिलेसम्म केही खुल्न सकेको छैन । रातो टिसर्ट र पेन्ट आधाभाग खोलिएको अवस्थामा फेला परेको छ ।

मेलमिलाप केन्द्रको क्षमता विकास तालिम सम्पन्न

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरेमा मेलमिलापकर्ताहरुका लागि २ दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । नगरपालिकाको महिला विकास शाखाको आयोजनामा नगरमा स्थापित मेलमिलाप केन्द्रका मेलमिलापकर्ताहरुका लागि २ दिने क्षमता विकास तालिम आज सम्पन्न भएको छ । लैंगिक हिंसा निवारणमा न्यायिक समितिको भूमिका निर्वाह गर्ने मेलमिलापकर्तालाई प्रदान गरिएको तालिमको

हसन्दहमा बृहत स्वास्थ्य शिविर सम्पन्न

क्रेजी साप्ताहिक पथरी । मोरङको हसन्दह विराटनगर सम्पर्क समाजले जिल्लाको पथरी शनिश्चरे ५ र ६ मा पर्ने हसन्दहमा एकदिने निःशुल्क बृहत स्वास्थ्य शिविर हिजो सम्पन्न गरेको छ । हसन्दह स्थायी घर भई विराटनगरमा कार्यरत विभिन्न क्षेत्रका अगुवाहरुले खडा गरेको समाजले पहिलो पटक आँखा, कान, घाँटी, हाडजोर्नी, स्नायू तथा नशा, पेट

सहकारी कर्मचारी संगठनद्वारा कोपोमिस अभिमुखीकरण तालिम

क्रेजी साप्ताहिक पथरी । एकीकृत सूचना प्रणाली (कोपोमिस) अभिमुखीकरण ३ दिने तालिम सम्पन्न भएको छ । सहकारी कर्मचारी संगठन पथरी शनिश्चरे इलाका समितिले आयोजना गरेको तालिम विहिवारदेखि शनिबारसम्म भएको थियो । पथरीशनिश्चरे नगरका ३४ सहकारीका ३४ कर्मचारीले सहभागिता जनाएको तालिमलाई कल्याण बजगाईले सहजीकरणको जिम्मेवारी वहन गरेका थिए । गरिबी निवारण

लर्डबुद्धद्वारा छात्रवृत्ती प्रदान

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे–२ बुद्धचौकमा स्थापित लर्डबुद्ध सहकारी संस्थाले दुई गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरेको छ । वित्तीय कारोबार गर्दै आएको संस्थाले विहिबार पथरीशनिश्चरे ७ चन्द्र किरातेश्वर माध्यमिक विद्यालयका १ छात्र १ छात्रालाई वार्षिक रुपमा लाग्ने सम्पर्ण खर्च उपलब्ध गराएको हो । छात्रवृत्ती प्राप्त गर्नेमा कक्षा–१०

यायोक्खाले ९ वटा विभगीय प्रमुख तोक्यो

क्रेजी साप्ताहिक काठमाडौ । किरात राई यायोक्खाको जेठ ३१ बसेको केन्द्रीय सचिवालय बैठकले ९ वटा विभागीय प्रमुख र ७ उपसमितिको संयोजकहरु तोकेको छ । जसमध्ये संगठन विभग प्रमुखमा उपमहासचिव भीम राई, प्रचार विभाग प्रमुखमा सचिव अर्जुन जम्नेली राई, अनुशासन विभागमा उपमहासचिव शुभचन्द्र राई, विदेश विभागमा उपाध्यक्ष जीवन हाताचो राई, सचिवहरु

उर्लाबारीमा अन्धाधुन्ध खुकुरी प्रहार गरी हत्याको प्रयास

क्रेजी साप्ताहिक । मोरङको उर्लाबारी—९ सिम्बुटोलमा एक युवामाथि सुतिरहेको ठाउँमा अन्धाधुन्ध खुकुरी प्रहार भएको छ । सेम्बुटोलका इन्द्रहाङ शेर्मालाई सोहि वडा कै प्रकाश थापाले हिजो राति १२ बजेतिर ज्यानमार्ने उदेश्यले अन्धाधुन्ध खुकुरी प्रहार गरेका हुन् । इन्द्रहाङको घाँटी ,छाती लगायत शरिरको बिभिन्न भागमा चोट लागेको दाजु सुरेन्द्र शेर्माले बताए ।

ज्येष्ठ नागरीकलाई सम्मान

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाको वडा नम्वर १ मा रहेका ८३ जना ज्येष्ठ नागरीकलाई आज सम्मान गरिएको छ । नगरपालिका कार्यालयको सहयोगमा आज सो कार्यक्रम सम्पन्न भएको हो । ज्येष्ठ नागरिक एकता समन्वय केन्द्र पथरीशनिश्चरे १ ले आयोजना गरेको कार्यक्रममा नगर प्रमुख दिलिपकुमार राई, केन्द्रका केन्द्रीय महासचिव कृष्णप्रसाद
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.