प्याराडाईजको २० औं वार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रम

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे वडा नं. ९ मा अवस्थित प्याराडाईज इङ्लिस बोर्डिङ स्कुलले आफ्नो २० औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । आज विद्यालयको हातामा भएको सो कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र लिम्बुको अध्यक्षतामा सम्पन्न भएको थियो । यस्तै प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिकाका

वडा नं. ७ द्वारा कृषकहरूलाई बिउ छर्ने मेसिन वितरण

पथरी शनिश्चरे, फागुन १३ मोरङको पथरी शनिश्चरे वडा नं. ७ ले कृषक प्रोत्साहन कार्यक्रम अन्तर्गत मकै छर्ने मेसिन (बिउ छर्ने हाते मेसिन) वितरण गरेको छ । आज वडा कार्यालय परिसरमा ११ वटा बिउ छर्ने हाते मेसिन वडाका विभिन्न टोल र कृषक समूहलाई वितरण गरिएको हो । वडाको चालु आर्थिक वर्ष

नगर स्तरीय ५ औं राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सुरु

क्रेजी संंवाददाता पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकामा पथरी शनिश्चरे नगर स्तरीय ५ औं राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । आज पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । संघीय सरकारको १ लाख र स्थानीय सरकारको रु. २ लाख २५ हजार गरी कूल

शान्तिमा विश्व सिमसार दिवस भव्यताका साथ मनाइने

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा विश्व सिमसार दिवस २०२४ भव्यताका साथ मनाइने भएको छ । पथरी शनिश्चरे वडा नं. १ स्थापित श्री शान्ति सामुदायिक वन र डिभिजन वन कार्यालय मोरङको आयोजनामा सो कार्यक्रम भव्यता साथ मनाउने तयारी भएको हो । आगामी माघ १९ गते शान्ति भुल्के सिमसारमा

पथरीशनिश्चरेमा क्षयरोगी विरामीलाई निःशुल्क खाद्य सामाग्री वितरण

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा क्षयरोगका विरामीहरुलाई उपचार अवधिभर पौष्टिक आहारहरु वितरण कार्यक्रम गरिएको छ । पथरी शनिश्चरे नगरपालिका र स्वास्थ्य शाखाको आयोजनामा नगरका क्षयरोगीहरुलाई विराट नेपाल  मेडिकल ट्रष्ट (बी.एन.एम.टी)को सहयोगमा विहिबार एक कार्यक्रमको बीच निःशुल्क पौष्टिक आहारहरु वितरण गरिएको हो । खाद्य सामाग्री वितरण अघि पथरीशनिश्चरे नगरका

पथरीशनिश्चरेमा विज्ञान शिक्षक समाज नेपालको अधिवेशन सम्पन्न

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकामा विज्ञान शिक्षक समाज नेपालको प्रथम अधिवेशन सम्पन्न भएको छ । आइतबार भागीरथ माध्यमिक विद्यालयको सभा हलमा आयोजित अधिवेशनले शैलेन्द्र बस्नेतलाई अध्यक्षको जिम्मेवारी दिदैँ १५ सदस्य कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा खेमनाथ दाहाल, सचिव विवेक सुवेदी, सह–सचिव संगिता राई, कोषाध्यक्ष नैनकला चौधरी,

बालसेवालाई बस खरिदको लागि सेर्माद्वारा आर्थिक सहयोग प्रदान

क्रेजी संवाददाता शिवसताक्षी । हङकङमा लामो समयदेखि कार्यरत बुद्धराज सेर्मा (चपेता)ले स्थानीय बालसेवा आधारभूत विद्यालयलाई स्कुल बस खरिदको लागि ५१ हजार १ सय ५१ रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको छ । मङगलबार झापा शिवसताक्षी वडा नं. ७ मा स्थापित विद्यालयमा एक कार्यक्रमको बीच सेर्माको श्रीमती आशाहाङमा लावती सेर्माले विद्यालय व्यवस्थापन

अनौपचारिक श्रमिक हितकोष व्यवस्थापनद्वारा विश्वकर्मालाई उपचार्थ सहयोग

क्रेजी संवाददाता पथरी । अनौपचारिक श्रमिक हितकोष व्यवस्थापन समिति पथरी शनिश्चरे नगरपालिकाद्वारा वडा नं. १० का तेजबहादुर विश्वकर्मालाई १० हजारको चेक हस्तान्तरण गरिएको छ । शुक्रबार नगरपालिकाको सभाहलमा श्रमिक हितकोष व्यवस्थापन समितिद्वारा सूचिकृत श्रमिकको लागि दुर्घटना आर्थिक सहयोग कार्यक्रम अन्तर्गत सो रकम बेल्डिङमा काम गर्दा लडेर हात भाचिएका विश्वकर्मालाई हस्तान्तरण

हरियाली वन लिमिटेडको दोस्रो वार्षिक साधारणसभा

क्रेजी संवाददाता पथरीशनिश्चरे । पथरीशनिश्चरे वडा नं. २ मा स्थापित हरियाली वन लिमिटेडको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । बुधबार भएको सो सभाले आगामी वैशाखदेखि स्वीमिङ पुल लगायत पर्यटकीय क्षेत्र सञ्चालन सुरु गर्ने लगायतका निर्णय गर्दैदोस्रो वार्षिक साधारणसभा समापन गरेको हो । हरियालीको सभा हलमा भएको कार्यक्रम कम्पनीको अध्यक्ष

माइन्यूट लेखन, उद्घोषण तथा भाषणकला तालिम

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरेमा लक्षित वर्गका लागि ५ दिने माइन्यूट लेखन, उद्घोषण तथा भाषणकला तालिमको समापन भएको छ । आज पथरीशनिश्चरे–१ स्थापित पथरी बहुमुखी क्याम्पसको सभाहलमा भएको सो तालिमको मंगलबार समापन भएको हो । पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा सञ्चारकमीृ मिडिया प्रा.लि. विराटनगरको आयोजना भएको तालिममा नगरका १०