एलन मस्कले ट्वीटर किनेपछि सेलिब्रिटीमाझ तरंग :कान्ये वेस्ट फर्किए, सोन्डा राइम्सले छाडिन्

अर्बपति एलन मस्कले ट्वीटर खरिद गरेपछि विश्वभर तरंग फैलिएको छ । कतिपय मस्कको पक्षमा उभिएका छन् भने कतिपयले अभिव्यक्ति स्वतन्त्रताका लागि कालो दिन भन्दै ट्वीटर प्लेटफर्म छाड्ने घोषणा गरेका छन् । कतिपय सेलिब्रिटीले मस्कको युग सुरु भएपछि पनि ट्वीटरमै रहने बताइसकेका छन् भने कतिपयले ट्वीटर प्लेटफर्म त्याग्ने जनाएका छन् ।

नेपालमा ‘ब्ल्याक आडम’लाई एक करोड, ७७ लाखमा समेटियो ‘वान पिस रेड’

ड्वेन रक जोन्सन स्टारर हलिउड सुपरहिरो फिल्म ‘ब्ल्याक एडम’ले नेपाली बक्स अफिसमा एक करोड रुपैयाँको आँकडा पार गरेको छ । फिल्मले दोस्रो सप्ताहन्त (आइतबार)सम्म १ करोड ४ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । फिल्मको लाइफटाइम कलेक्सन अब एक करोड १० लाख ग्रस आसपासमा समेटिने देखिएको छ । ‘हाम्रा लागि

‘आदिपुरुष’ को रिलिज डेट परिवर्तन

प्रभास र सैफ अली खान अभिनित प्रतिक्षित फिल्म ‘आदिपुरुष’ को रिलिज मिति परिवर्तन भएको छ । निर्देशक ओम राउतले फिल्मको रिलिज मिति परिवर्तन गरेका हुन् । फिल्म १२ जनवरी २०२३ मा रिलिज तय भएको थियो । मिडिया रिपोर्टका अनुसार अब फिल्म शो मितिमा रिलिज नभएरपछि रिलिज हुनेछ । ‘आदिपुरुष’ रिलिज

आमिरकी आमालाई हृदयघात

आमिर खानकी आमा जीनतलाई हृदयघात भएको छ । उनको पाँचगनी घरमा अचानक हृदयघात हुँदा आमिर पनि उनीसँगै थिए । ​आमिरले तुरुन्तै आफ्नी आमालाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गराएका थिए । त्यसपछि उनी आमासँग अस्पतालमा बस्दै आएका छन् । आमिरको परिवारका अन्य सदस्य पनि अस्पताल आउँदै जाँदै गरिरहेका छन् ।

अल्लु अर्जुनले सुरु गरे ‘पुष्पा २’को छायांकन

तेलुगू अभिनेता अल्लु अर्जुन ‘पुष्पा २’को छायांकन सेटमा जोडिएका छन् । भारतको सबैभन्दा प्रतीक्षित फिल्मको रुपमा शीर्ष स्थानमा रहेको यो फिल्मलाई लिएर विश्वभर पर्खाइ छ । सार्वजनिक तस्वीरमा अल्लु अर्जुन र छायांकार मिरोस्लाभ कुबा ब्रोजेंकलाई देख्न सकिन्छ । उनीहरुलाई छायांकन सेटमा केही कुराकानी गरिरहेको देख्न सकिन्छ । छायांकार मिरोस्लाभले आफ्नो

‘अवतार २’ यस वर्षकै लामो फिल्म, दर्शकले हलमा झण्डै ४ घण्टा बिताउनुपर्ने

जेम्स क्यामरुन निर्देशित हलिउड फिल्म ‘अवतार’को दोस्रो श्रृंखला आगामी पुस १ गते नेपालसहित विश्वभर प्रदर्शनको तयारीमा छ । फिल्मलाई लिएर दर्शकमाझ १३ वर्षदेखिकै उच्च पर्खाइ छ । तर फिल्मको लम्बाइलाई लिएर हल सञ्चालकलाई तनाव सुरु भएको छ । फिल्मको लम्बाइका कारण नेपाली हललाई पनि सकस हुने देखिएको छ । फिल्मको

भाजपाबाट लोकसभा चुनाव लड्न चाहन्छिन् कंगना रनौत

बलिउड अभिनेत्री कंगना रनौत भारतको लोकसभा चुनाव लड्न चाहन्छिन् । सत्तारुढ भारतीय जनता पार्टीले चाहेमा आफू उम्मेदवार बन्न तयार रहेको उनले बताएकी छन् । चुनाव लड्नका लागि कंगनाले हिमाञ्चल प्रदेशको मन्डी सिटलाई पहिलो प्राथमिकता भएको बताएकी छन् । मिडिया ग्रुपको एक कार्यक्रममा कंगनाले राजनीतिमा आवद्ध हुने संकेत गरेकी हुन् ।

‘द लिजेन्ड अफ मौला जट्ट’ बन्यो १०० करोड कमाउने पहिलो पाकिस्तानी फिल्म

फिल्म ‘द लिजेन्ड अफ मौला जट्ट’ पाकिस्तानमा अहिलेसम्मकै धेरै कमाइ गर्ने फिल्म बनेको छ । फवाद खान स्टारर यो फिल्मले पाकिस्तानी इतिहासमै सर्वाधिक कमाउने फिल्मको कीर्तिमान रचेको हो । फिल्मले हालै बक्स अफिसमा १०० करोड भारुको आँकडा समेत पार गरेको छ । पाकिस्तानबाहेक फिल्मले अमेरिका, बेलायत, यूएई लगायतका मुलुकमा समेत

६ वर्षपछि रिहानाको सांगीतिक पुनरागमन, ‘ब्ल्याक प्यान्थर २’ को शीर्ष गीत रिलिज

विश्व संगीतको लागि एउटा पर्खाइ सकिएको छ । नयाँ गीत ‘लिफ्ट मी अप’ रिलिजसँगै अमेरिकी गायिका रिहानाको सांगीतिक पुनरागमन भएको छ । प्रदर्शन तयारीमा रहेको मार्भल सुपरहिरो फिल्म ब्ल्याक प्यान्थर : वाकाण्डा फरेभरको ओर्जिनल साउण्ड ट्रयाक इन्टरनेटमा सार्वजनिक भएको छ । रिहाना स्वयंले लेखेको गीत फिल्मका मुख्य चरित्रमा अभिनय गरेका

विवादित अभिव्यक्तिले पपस्टार कान्ये वेस्ट संकटमा, अर्बपतिको सूचीबाट बाहिरिए

विश्वचर्चित  गायक कान्ये वेस्ट यतिबेला जीवनकै अभूतपूर्व संकटमा छन् । बितेका २० वर्षमा कमाएको लोकप्रियता र प्रभाव अहिले धर्मराएको छ । पछिल्लो समय साम्प्रदायिक र धार्मिक भावना विपरीतका अभिव्यक्ति दिन थालेपछि एडिडास, ब्यालेन्सियागा र ग्यापजस्ता फेसन ब्राण्डले उनीसँगको सम्झौता रद्द गरेका छन् । फोर्ब्स म्यागजिनले त उनी अर्बपतिको सूचीबाट हटेको