नेपालमा ६ वर्षमा २४३ विदेशी फिल्मको छायांकन

चलचित्र विकास बोर्डको एक तथ्यांकअनुसार पछिल्लो ६ वर्षभित्र मुलुकमा २४३ विदेशी फिल्मको छायांकन भएको छ । डकुमेन्ट्री, वेब सिरिज र कथानकसहित फिल्म नेपालमा छायांकन गरिएको हो । चालु आर्थिक वर्षको चैतसम्म ४५ विदेशी फिल्म नेपालमा खिचिएका छन् ।सरकारले पटक–पटकको बजेटमा नेपाललाई अन्तर्राष्ट्रिय फिल्म छायांकन गन्तव्यस्थलको रुपमा विकास गर्ने लक्ष्य लिएको

फष्टलुक्समा यस्तो देखियो फिल्म ‘अन्तिम संस्कार’

प्रदीप शाही निर्देशित फिल्म ‘अन्तिम संस्कार’ को फष्टलुक पोस्टर सार्वजनिक गरिएको छ । फष्टलुकमा फिल्मका मुख्य कलाकार विजय लामा, दिया पुन, एवनराज उप्रेती लगायतले प्रथमिकता पाएका छन् । फिल्मको फष्टलुकसँगै प्रदर्शन मिति ८ असार सार्वजनिक गरिएको छ । लन्डनमा केही फिल्म बनाएका निर्देशक प्रदीपले यस अगाडि ‘१९१५ लेजेन्ड अफ गोर्खाज’

१९ साउनबाट ‘रोशनी’ प्रदर्शन आउने

खुमबहादुर सुनार निर्देशित फिल्म ‘रोशनी’ अगामी साउन १९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले बिहीबार एक विज्ञप्ति जारी गर्दै फिल्म सम्पूर्ण कार्य सकाएर प्रदर्शनका लागि तयार रहेको जनाएको हो । प्रेमकथामा निर्माण भएको फिल्ममा कशिस दाहाल, रमेश अब्जु, नितन पल, मेनुका गिरी, कमल ज्ञवाली, सञ्जु साही, गोपाल

सक्रिय राजनीतिमा लाग्ने कुरा पर्ख र हेरमै छ : राजेश हमाल

अभिनेता राजेश हमालले सक्रिय राजनीतिमा लाग्ने विषय ‘पर्ख र हेर’मै रहेको बताएका छन् । एक टेलिभिजनसँगको अन्तर्वार्तामा उनले अहिले चुनाव जितेर आएका व्यक्तिलाई पनि यही कुरा लागू हुने बताए । ‘यदि अहिलेको राजनीति जुन हिसाबले चल्नुपर्ने हो, त्यसरी ठीक ढंगले चलेन भने म राजनीतिमा आउन सक्छु,’ उनले भने । आफूलाई

बुवा बन्न चाहन्छु तर भारतको कानुनमा त्यसो गर्न पाइँदैन : सलमान खान

बलिउड अभिनेता सलमान खानले आफू बुबा बन्न चाहे पनि भारतको कानुनले त्यो सम्भव नभएको बताएका छन् । आफूले बालबालिकालाई असाध्यै माया गर्ने र एकपटक बच्चा जन्माउने बारेमा समेत सोचेको उनले खुलाएका हुन् । सलमानले विवाहको योजनाबारेमा पनि कुरा गरे । विवाह गर्न परिवारको निकै दबाब रहेको भन्दै उनले आफू जीवनको

पाल्पा महोत्सवमा शिव परियारको प्रस्तुतिमा झुमे दर्शक

पाल्पा सदरमुकाम तानसेनमा जारी ‘पाल्पा महोत्सव’मा गायक शिव परियारको प्रस्तुतिमा दर्शक झुमेका छन् । शनिबार बिदाको दिनको मुख्य आकर्षणका रुपमा उपस्थित शिवले आफ्ना चर्चित गीतमार्फत दर्शकलाई नचाए । उनले आफ्ना हिट गीतमार्फत डेढ घण्टा प्रस्तुति दिए । ‘फूलैफूल दिन्छौं कि’, ‘फेवातालमा साइँली’, ‘पिलायो साथीलेले’, ‘क्या दामी भो’देखि ‘धोकेबाज हौ तिमी’सम्मका

भ्वाइस किड्सका अन्तिम १६ जना प्रतिस्पर्धी घोषणा

टेलिभिजन रियालिटी शो भ्वाइस किड्सको जारी सिजन निकै प्रतिस्पर्धात्मक देखिएको छ । पछिल्लो सप्ताहन्तको एपिसोडबाट सेमिफाइनलिस्ट घोषणा भएका छन् । आगामी शुक्रबार र शनिबार हुने प्रतिस्पर्धामा अन्तिम १६ जनाबीच रोचक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ । एक कोचको समूहबाट चार जना गरी चार कोचबाट १६ जना बाल ट्यालेन्ट अघिल्लो चरणमा

ग्याङस्टर फिल्म ‘बाटो : रोड टु डेथ’को ट्रेलर सार्वजनिक

नेपाली फिल्म ‘बाटो :रोड टु डेथ’को ट्रेलर सार्वजनिक भएको छ । यो ग्याङस्टर फिल्मको कथावस्तु एक हत्याको घटनाको वरपर घुम्छ । यो थ्रिलर फिल्ममा अशान्त शर्मा, मिथिला शर्मा, रक्षा थापा, सुलक्षण भारतीय, उत्पल झा, पशुपति राई र विजय ताम्राकारको अभिनय छ । निर्देशक मदन थापा र छायाकार शरण ऋषि भारतको

चार्ल्स तृतीयको राज्याभिषेकमा टम क्रुज, सोनम कपुरसहित सेलिब्रिटी सहभागी हुने

बेलायतका नयाँ राजा चार्ल्स तृतीयको राज्याभिषेक लण्डनको वेस्टमिन्स्टर एबेमा आगामी शनिबार हुँदैछ । यसपछि चार्ल्स आधिकारिक रुपमा बेलायतका राजा घोषित हुनेछन् । बेलायतमा एक साता राज्याभिषेक मनाइनेछ । उक्त अवसरमा केही विश्वचर्चित सेलिब्रिटी पनि सहभागी हुने भएका छन् । यसअघि सन् १९५३ मा चार्ल्स तृतीयकी आमा महारानी एलिजाबेथ द्वितीयले राज्याभिषेक

जिया खान आत्महत्या प्रकरण : सुरज पञ्चोलीले पाए सफाइ

बलिउड अभिनेत्री जिया खानको आत्महत्या प्रकरणमा भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई)को विशेष अदालतले शुक्रबार अभिनेता तथा प्रेमी सुरज पञ्चोलीलाई सफाइ दिएको छ ।फैसला सुनाउने समयमा सुरज अदालतमा उपस्थित थिए । अदालतले फैसलामा भनेको छ, ‘तपाईंविरुद्धको प्रमाण पर्याप्त छैन, त्यसैले सफाइ दिइन्छ ।’ सुरजमाथि अभिनेत्रीलाई आत्महत्या गर्न उक्साएको आरोप लागेको थियो