‘जारी’ ले दुई सातामा कमायो १३ करोड

दयाहाङ राई र मिरुना मगर स्टारर फिल्म ‘जारी’ले घरेलु बक्स अफिसमा दुई अंकको कमाइ गरेको छ । वैशाख १ गतेदेखि प्रदर्शनमा आएको यो फिल्मले दोस्रो बिहीबारसम्म १३ करोड रुपैयाँ हाराहारीमा कमाइ गरेको निर्माता रामबाबु गुरुङले जानकारी दिए । यस वर्ष दुई अंकको कमाइ गर्ने ‘जारी’ पहिलो फिल्म समेत बनेको छ

प्रियंका चोपडा स्टारर जासूस थ्रिलर ‘सिटाडेल’को समीक्षा कस्तो छ ?

जासूसको कथामा आधारित प्रियंका चोपडा र रिचर्ड म्याडन स्टारर प्रतीक्षित सिरिज ‘सिटाडेल’ शुक्रबारदेखि अमेजन प्राइममा रिलिज भएको छ । २५० मिलियन डलरको बजेटमा बनेको यो सिरिजलाई अहिलेसम्मकै महंगो बताइएको छ । रिलिज भएसँगै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समीक्षा पनि सार्वजनिक गर्न थालेका छन् । समग्रमा यो सिरिजले औसत समीक्षा प्राप्त गरेको छ

लियाम नीसन स्टारर चर्चित हलिउड फिल्म ‘आइस रोड २’ नेपालमा छायांकन हुने

लियाम नीसन स्टारर हलिउड फिल्म ‘आइस रोड २ : रोड टु द स्काई’को छायांकन नेपालमा हुने भएको छ । प्रतिष्ठित हलिउड म्यागजिन डेडलाइनमा उल्लेख भएअनुसार नेपालका पहाडी क्षेत्रमा फिल्म छायांकन हुनेछ । आईएमडीबीले पनि नेपालको कथावस्तुसहितको ‘सिनोप्सिस’ उल्लेख गरेको छ ।फिल्ममा लियामले माइक नामक चरित्र निर्वाह गर्नेछन् । माइक पात्र

शुक्रबारदेखि दुई नयाँ नाटक : मण्डलामा ‘जून’ र पुरानो घरमा ‘चे इज ब्याक’

तपाईंलाई नाटकमा रुचि छ भने शुक्रबारदेखि सहरमा दुई नयाँ नाटकले मञ्चन सुरु गर्दैछन् । सिनामंगलस्थित पुरानो घरमा नयाँ नाटक ‘चे इज ब्याक’ मञ्चन सुरु हुँदैछ भने थापागाउँस्थित मण्डला थिएटरमा नयाँ नाटक ‘जून’ मञ्चन हुँदैछ । मण्डलामा सुरु हुने नाटक ‘जून’ले सानै उमेरमा आमा गुमाएकी एक पात्रको कथा भन्छ । आमा

‘ब्युटी विथ पर्पस’का लागि रकम जुटाउन अमेरिका लागिन् मिस नेपाल प्रियंका

आगामी विश्व सुन्दरी प्रतियोगिताको एक महत्वपूर्ण विधा ब्युटी विथ पर्पसका लागि अर्थ संकलन गर्न मिस नेपाल प्रियंकारानी जोशी अमेरिका प्रस्थान गरेकी छन् । द हिडन ट्रेजरका अनुसार तीन साताको बसाइमा उनले चार अमेरिकी राज्यको नेपाली डायस्पोरामा अर्थ संकलन गर्नेछिन् । यसअघि मिस नेपाल उत्तर अमेरिकाको जज बनेर त्यता लागेकी प्रियंकाको

हलमा लागे नाइँ नभन्नु ल ६, प्रसाद २, पासाङ र कैदीको पत्र

हलमा ‘जारी’को दबदबा कायमै रहँदा चार नयाँ फिल्म शुक्रबारदेखि प्रदर्शनमा आएका छन् । नयाँ रिलिजमध्ये ‘नाइँ नभन्नु ल ६’, ‘प्रसाद २’ र ‘कैदीको पत्र’ कथानक फिल्म हुन् भने ‘पासाङ : इन द स्याडो अफ एभरेष्ट’ डकुमेन्ट्री । ‘जारी’ पनि धेरै शोसहित तेस्रो सातामा प्रवेश गरेको छ । विकासराज आचार्य निर्देशित

नेपाली कलाकार स्नेहा श्रेष्ठको चित्र अमेरिकाको म्युजियम अफ फाइन आर्ट्समा संग्रहित

यदि तपाईं अमेरिकाको म्यासाचुसेट्समा बस्नुहुन्छ भने तपाईंलाई नेपाली कलाकार स्नेहा श्रेष्ठको विशाल र मनमोहक भित्तेचित्र हेर्ने मौका छ । सडकमा ‘इम्याजिन’ नामबाट उनले अलस्टन, क्याम्ब्रिज, लिन, डोरचेस्टर, वर्सेस्टर र त्यसभन्दा बाहिरका सहरका भवनलाई संस्कृत र नेपाली अक्षरले जीवन्त तुल्याएकी छन् । स्नेहाको लेखनले मातृभूमिको वर्णमाला र संस्कृतिलाई अमेरिकाको भित्ता र

हर्क साम्पाङलाई पल शाहको गैंती–बेल्चा कोसेली

अभिनेता पल शाह हिजोआज महोत्सवमा सहभागी हुन दौडधुपमा व्यस्त छन् । पश्चिम नेपालका महोत्सवमा पुगेका उनी बुधबार पूर्वी सहर धरान पुगे । सोही दिन बेलुका उनले इटहरीमा आयोजित नेपाली परम्परागत खाना महोत्सवमा मनोरञ्जन प्रदान गरे । बिहीबार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई भेटेर उनले गैंती–बेल्चाजस्ता औजार कोसेली दिए । उक्त

नरेश खातीको ‘ढाटेको हैन मायालु’ गीत सार्वजनिक

लोकप्रिय गायक तथा सर्जक नरेश खातीको ‘ढाटेको हैन मायालु’ गीत सार्वजनिक भएको छ । शुक्रबार क्रेएटिपस् ह्याट नामक युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक भएको हो। शब्द संगितमा निर्माण भएको गीतमा खातीे र गायिका अनु चौधरीको आवाज रहेको छ । उक्त गीतको म्युजिक भिडियोसमेत निर्माण भएको छ । म्युजिक भिडियोमा पछिल्लो

नयाँ प्रविधिमा पुराना चलचित्र

  चलचित्र निर्माण (पोष्ट प्रोडक्सन), छायाँकनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गर्दछ। नेपालमा ‘डिजिटल यात्रा’को सुरुआत भूषण दाहाल निर्देशित ‘कागबेनी’ र आलोक नेम्वाङ निर्देशित ‘सानो संसार’ को निर्माण र प्रदर्शनसँगै भएको थियो। सन् २००८ मा क्वेष्ट इन्टरटेनमेन्टले निर्माण गरेका यी दुई चलचित्रसँगै डिजिटल प्रविधि भित्रिएको र निर्माण सहज, व्यवस्थित तथा व्यावसायिक