परिणिती चोपडा र राघव चड्ढाले गरे इन्गेजमेन्ट, अक्टोबरमा विवाह

बलिउड अभिनेत्री परिणिती चोपडा र आप पार्टीका नेता राघव चड्ढाबीचको सम्बन्धको हल्लाले बलिउड गर्माएको छ । यी दुईले खुलेर औपचारिक रुपमा सम्बन्धबारे केही बोलेका छैनन् । पटक–पटक उनीहरु सँगै देखिएका छन् र सम्बन्धलाई अस्वीकार पनि गरेका छैनन् । यसैबीच, यी दुईको सम्बन्धलाई लिएर नयाँ खबर छ । फिल्मफेयर म्यागजिनका अनुसार

माफी माग्दै प्रकाश सपुतले भने– ‘सकम्बरी’ गीतलाई आधिकारिक रिपोर्टजस्तो नबुझिदिनुहोला

‘सकम्बरी’ गीतलाई लिएर भइरहेको विवादमा गायक प्रकाश सपुतले माफी मागेका छन् । फेसबुकमा लामो स्टाटस लेख्दै उनले आफ्नो सिर्जनाले चोट पुगेका सबैप्रति क्षमा मागेका हुन् । उनी लेख्छन्, ‘मेरो सिर्जनाले प्रत्यक्ष\अप्रत्यक्ष जो जसलाई चोट पुगेको छ, अपमानजनक महसुस भएको छ, सबैसँग क्षमा चाहन्छु ।’ रात्रिकालीन मनोरञ्जन व्यवसायी संघलाई सम्बोधन गर्दै

मिस नेपालका २४ सुन्दरी पोखरा प्रस्थान, शनिबार ट्यालेन्ट राउण्डको प्रतिस्पर्धा

मिस नेपाल २०२३ को सहविधाको प्रतिस्पर्धाका लागि २४ जना सेमिफाइनलिस्ट शुक्रबार पर्यटकीय नगरी पोखरा प्रस्थान गरेका छन् । मिस नेपालका कुल ११ सबटाइटलमध्ये शनिबार ट्यालेन्ट राउण्ड सबटाइटल प्रतिस्पर्धा पोखरामा हुँदैछ । मिस नेपालको इतिहासमा पहिलोपटक सहविधा प्रतिस्पर्धा काठमाडौंबाहिर हुन लागेको हो । स्थानीय वाटरफ्रन्ट रिसोर्टमा हुने प्रतिस्पर्धामा सुन्दरीहरुले गायन, नृत्य

मिरुना मगर नेपाल युरोपियन युनियन फिल्म फेस्टिभलको दूत नियुक्त

नेपाल युरोपियन युनियन फिल्म फेस्टिभलले अभिनेत्री मिरुना मगरलाई यस वर्षको ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ । नेपालस्थित युरोपियन युनियनको कार्यालयले यसबारे जानकारी दिंदै ‘कबड्डी ४’ र ‘जारी’ फेम्ड अभिनेत्रीलाई दूत नियुक्त गरेको जनाएको छ । यसपटक तीन ठाउँमा फेस्टिभल आयोजना हुँदैछ । २८ देखि ३० अप्रिलसम्म सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगर, मे

नेपाली फिल्म ‘साइलेन्ट इको’ले जित्यो बलिउडमा क्रिटिक्स च्वाइस अवार्ड

‘ऐना झ्यालको पुतली’ र ‘हल्कारा’ फेम्ड निर्माता रामकृष्ण पोखरेलको नयाँ छोटो फिल्म ‘द साइलेन्ट इको’ले प्रतिष्ठित भारतीय क्रिटिक्स च्वाइस अवार्ड २०२३ मा दुई महत्वपूर्ण विधा जितेको छ । यसैसाता मुम्बईमा आयोजित समारोहमा फिल्मले बेस्ट सर्ट फिल्म र बेस्ट सिनेम्याटोग्राफीको अवार्ड जितेको हो । बलिउड अभिनेता राजकुमार रावले निर्माता पोखरेल र

फिल्मका ध्वनि निर्देशक राजकृष्ण श्रेष्ठको निधन

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्ममा काम गरेका वरिष्ठ ध्वनि प्राविधिक राजकृष्ण श्रेष्ठको उपचारको क्रममा बिहीबार निधन भएको छ । चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाका अनुसार वीर अस्पतालमा उनको निधन भएको हो । स्वास्थ्य परीक्षणको क्रममा जण्डिस देखिएपछि अस्पताल भर्ना भएका श्रेष्ठलाई बुधबार श्वासप्रश्वासमा समस्या देखिएको जनाइएको छ । डेढ महिना

धेरै कमाउने मनोरञ्जनकर्ताको शीर्षस्थानमा बेलायती रक ब्याण्ड जेनेसिस

प्रतिष्ठित फोर्ब्स म्यागजिनले संसारमा धेरै कमाउने विश्व मनोरञ्जन जगतका १० व्यक्ति र समूहको सूची सार्वजनिक गरेको छ । जसको शीर्ष स्थानमा कुनै स्टार सेलिब्रिटी नभएर एक रक ब्याण्ड छ, जसले पहिलोपटक सूचीमा आफूलाई समावेश गरेको हो । सूचीमा सांगीतिक क्षेत्रको वर्चस्व देखिएको छ । शीर्षस्थानमा रहेको बेलायती रक ब्याण्ड जेनेसिसको

‘फास्ट एक्स’ ट्रेलर : चिल्ला कारको भागदौड र खतरनाक एक्सन दृश्य

प्रतीक्षित हलिउड फिल्म ‘फास्ट एण्ड फ्युरियस’ दशौं श्रृंखलाको नयाँ ट्रेलर सार्वजनिक भएको छ । ‘फास्ट एक्स’ नाम दिइएको फिल्मको ट्रेलरलाई वितरण कम्पनी युनिभर्सल स्टुडियोले बिहीबार सार्वजनिक गरेको हो । एक्सन दृश्यले भरिपूर्ण ट्रेलरमा दर्शकले जेसन मोमोआलाई खलपात्रको रुपमा देख्न पाउँछन् ।ट्रेलरमा चिल्ला कारहरुको भागदौड र दर्शकलाई सरप्राइज दिने गरी प्रस्तुत

आराध्या बच्चनको मुद्दामा दिल्ली उच्च अदालतले युट्युबलाई पठायो समन

ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनकी छोरी आराध्या बच्चनको मुद्दामा दिल्ली उच्च अदालतले युट्युबलाई समन पठाएको छ । अभिषेक बच्चनले आफ्नी छोरीको स्वास्थ्यलाई लिएर युट्युब च्यानलमा चलाइएको ‘फेक न्युज’ विरुद्ध निवेदन दिएका थिए । यस मामिलामा, दिल्ली उच्च अदालतले अब युट्युबलाई आफ्नो प्लेटफर्ममा सामग्री नियमन नगरेकोमा समन पठाएको छ ।

कुसुमको हातमा कहिले पर्ला फिल्म ?

हिजोसम्म गुमनाम नाम थियो कुसुम शर्मा । आज भने जो कोहीले उनलाई चिन्छ । सामाजिक सञ्जालदेखि मिडियासम्ममा केही दिनयता उनकै चर्चा छ । उनको चर्चा गायक प्रकाश सपूतको ‘सकम्बरी’ बोलको गीतका कारण भएको हो । गीतको भिडियोमा उनले नै ‘सकम्बरी (फूलमाया) को भूमिका निर्वाह गरेकी हुन् । भिडियोको चर्चा र