पोस्टर कपिको आरोप लागेपछि विवादमा ‘सेल्फी किङ’

क्रेजी साप्ताहिक । पोष्टर कपिको आरोप लागेपछि चलचित्र ‘सेल्फी किङ’ विवादमा फसेको छ । अभिनेता विपिन कार्कि अभिनित सो चलचित्रको पोस्टर सोमवार सार्वजनिक भएलगत्तै हलिउड फिल्म ‘जोकर’ को पोस्टरझैं देखिएपछि सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी आएका थिए । हास्य कलाकारको भूमिकामा देखिँदै गरेका अभिनेता कार्की सो फिल्ममा ‘जोकर’ को गेटअपमा देखिएका

विपिन कार्की बने बुबा

काठमाडौँ । भर्खरै चलचित्र ‘सेल्फी किङ’को छायांकन सकेका नायक विपिन कार्की बुवा बनेका छन् । झण्डै ५ वर्ष अघि रेश्मा कटुवालसँग विवाह गरेका बिपिनले पहिलो सन्तानको रुपमा छोरीको बुवा बन्ने अवसर प्राप्त गरेका हुन् । सोमबार बिहान ६ बजेर ४२ मिनेटमा उनका श्रीमती रेश्माले बल्खुमा अवस्थित बयोदा अस्पतालमा छोरीलाई जन्म

धरानमा बुधबार मिस पूर्वान्चलको दसौ संस्करणको अडिसन हुने

क्रेजी साप्ताहिक धरान । विगत ९ वर्षदेखि निरन्तर संचालन हुदै आइरहेको सौन्दर्य प्रतियोगिताको रूपमा स्थापित सौन्दर्य प्रतियोगिता नेपाल आईस मिस पूर्वाञ्चलको दसौं संस्करणको पहिलो अडिशन आगामी मंसिर ४ गते धरानको फ्रेण्डस गार्डेनमा हुने भएको छ । अडिशनअघि धरान र इटहरी लगायतको विभिन्न कलेजहरुमा समेत मिस पूर्वान्चलको कलेज एक्टिभेशन कार्यक्रम आयोजना

अनमोल र सुहानाको जोडी ‘ए मेरो हजुर ४’मा पक्का

गत वर्षको ब्लकबस्टर चलचित्र ‘ए मेरा हजुर ३’को चौथो सिरिज पनि बन्ने भएको छ । सुनिलकुमार थापाको निर्माणमा झरना थापाले चलचित्र ‘ए मेरो हजुर ४’को निर्देशन गर्नेछिन् । यो चलचित्रका लागि नायिकाको रुपमा सुहाना थापा फाइनल भैसकेकी थिइन् । अब, निर्माण पक्षले चलचित्रका लागि नायक पनि फाइनल गरेको छ ।

मिस वल्र्ड चिल्लरको डेब्यु बलिउडमा !

‘मिस वल्र्ड २०१७’ मानुषी चिल्लरको बलिउड डेब्यू पक्का भएको छ । बलिउड बजारमा विभिन्न खालका खबरहरु सार्वजनिक भएपनि यस बिषयमा मानुषी र चलचित्रको टिमले केही पनि बताएको थिएन । तर, सन् २०२० को तिहारमा रिलिज हुन लागेको चलचित्र ‘पृथ्वीराज’बाट मानुषीले बलिउडमा डेब्यू गर्ने पक्का भएको हो । यो चलचित्रमा मानुषी

एड्रिन प्रधान र नविनके भट्टराईले इटहरी तताउने

क्रेजी साप्ताहिक । चर्चित पप गायक नवीन के भट्टराई र एड्रिन प्रधानले इटहरीको माहोल तताउने भएका छन् । कार्तिक ३० गते इटहरीमा हुने कन्सर्टमा उनीहरु आउने आयोजकले बताएको छ । हाम्रो कार्ट काठमाण्डौको मुख्य आयोजनामा कन्सर्ट हुन लागेको हो । इटहरीमा साङ्गितक साझको लागि धुमधाम सँग तयारी भईरहेको हाम्रो कार्टका

सूर्य इन्टरनेशनल फिल्म अवार्ड २०१९ मा महलाई सम्मान गरिने

[caption id="attachment_5953" align="aligncenter" width="957"]  [/caption] काठमाडौं । हास्यकलाकार महजोडी अथवा र्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘सूर्य रत्न सम्मान २०७६’ बाट सम्मानित हुने भएका छन् । जापानको टोकियोमा नोभेम्बर २४ मा आयोजना हुने ‘सूर्य इन्टरनेशनल फिल्म अवार्ड २०१९’मा महलाई यो सम्मान प्रदान गरिदैछ । हाँस्य कलाकारितासँगै गीत संगीत, सामाजिक क्षेत्रमा

धरानमा हुने चलचित्र महोत्सव स्थगित

क्रेजी साप्ताहिक धरान । प्रदेश १ हुने भनिएको चलचित्र महोत्सव अनिश्चितकालका लागि स्थगित गरिएको छ । निर्वाचन आचारसंहितकाका कारण महोत्सव रोकिएको प्रदेश १ को मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ । निर्वाचन आचारसंहिता धरान उपमहानगरपालिकामा पनि लागू हुने भएकाले महोत्सव स्थगित गरिएको मुख्यमन्त्री कार्यालयद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

परिणितीले छाडिन् अजयको फिल्म

बलिउड नायिका परिणिती चोपडाले नायक अजय देवगणको चलचित्रमा काम नगर्ने भएकी छिन् । अजयले मस्टिस्टारर चलचित्र ‘भिजुः दि प्राइड अफ इन्डिया’ नामक चलचित्र निर्माणको तयारी गरिरहेका थिए । चलचित्रको लागि परिणिती पक्का थिइन् । तर, समय नमिलेपछि परिणितीले यो चलचित्रबाट हात झिकेकी हुन् । परिणिती अहिले साइना नेहावालको बायोपिक चलचित्रमा

साम्राज्ञी प्रेमीसँग विरगञ्जमा

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह कात्तिकको २१ गते विरगञ्जमा आयोजना भएको ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव’मा सहभागी हुन पुगिन् । तर, साम्राज्ञी एक्लै भने महोत्सवमा गएकी थिइनन् । उनीसँगै उनका प्रेमी देवांश राणा पनि महोत्सवमा पुगे । देवांश उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाको छोरा हुन् । कार्यक्रम अवधीभर उनीहरु एकसाथ बसेका