सिंगापुरसँग नेपालको लज्जास्पद हार

आज (आइतबार) भएको खेलमा नेपाललाई ८२ रनको फराकिलो अन्तरले हराउँदै सिंगापुर एसिया फाइनलको उपाधि मात्र जितेन, विश्वकपको ग्लोबल छनौटमा स्थान बनाएको छ । १९२ रनको लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा सबै विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो । औषत सुरुवात गरेको नेपालका कप्तान पारस खड्का व्यक्तिगत १२ रनमा आउट

पूर्वकप्तान निरजको निधन

आठ महिना अघिदेखि रक्त क्यान्सरको उपचार गराइरहेका मकवानपुर क्रिकेटका पूर्वकप्तान नीरज श्रेष्ठको निधन भएको छ । धेरै समय अघिदेखि नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार गराइरहेका उनको शहीद मेमोरियल अस्पताल काठमाडौँमा आज (आइतबार) निधन भएको क्रिकेट संघ मकवानपुरका सचिव दीपेन्द्र ढकालले बताएका छन् । ३६ वर्षीय श्रेष्ठले मकवानपुरमा क्रिकेटको प्रवद्र्धनका

खेलाडीको विमा अनिवार्य गरिने

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले खेलकुद प्रतियोगितामा भाग लिने सबै खेलाडीको बिमा गरेर मात्रै खेलकुदमा सहभागी गराइने जनाएका छन् । खेलाडीको जोखिम न्यूनीकरण गर्दै खेलकुद क्षेत्रमा उत्प्रेरणाका लागि पनि सरकारले खेलाडीको अनिवार्य बिमा गराउनु पर्नेमा उनले जोड दिए। प्रदेश ५ प्रदेशस्तरीय बुद्धिचाल (चेस) प्रतियोगिताको उद्घाटन गर्न प्यूठान आएका

विश्वकप छनोटको दोस्रो चरणमा नेपाल कठिन समूहमा

क्रेजी साप्ताहिक पथरी । सन् २०२२ मा हुने विश्वकप फुटबलको दोस्रो चरणको छनोटमा नेपाल कठिन समूहमा परेको छ । एसियन फुटबल फेडेरेसनले मलेसियामा बुधबार सार्वजनिक गरेको ‘ड्र’ मा नेपालसँगै समूह ‘बी’मा कुबेत, चाइनिज ताइपेई, जोर्डन र अष्ट्रेलिया पनि परेका छन् । एसियाका ४० राष्ट्रलाई आठ समूहमा विभाजित गरिएको छ ।

मुख्यमन्त्री कपका सबै खेल धरानमा हुने

क्रेजी साप्ताहिक विराटनगर । अविरल वर्षाका कारण विराटनगरमा अवस्थित सहीद रंगहाला डुबान भए पछि असार २७ गतेदेखि हुने भनिएको मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिता अब धरानमा हुने भएको छ । लिग आयोजक समितीले विहिबार धरानमा एक पत्रकार सम्मेलन गर्दै खराब मौसमका कारण प्रदेश राजधानीमा हुने भनिएका प्रदेश लिगका सम्पूर्ण

लुई बेरी बार्सिलोना जाने नै भए

एजेन्सी । स्पेनिस च्याम्पियन बार्सिलोनाले इंग्ल्याण्डका १६ वर्षे स्ट्राइकर लुई बेरीलाई अनुबन्ध गरेको छ । वेष्ट ब्रोमविच एल्बियनबाट बार्सिलोना गएका उनले तीन वर्षे सम्झौता गरिसकेका छन् । उनी ६ वर्षदेखि वेष्ट ब्रोमविचमा थिए तर, च्याम्पियनसिप क्लबले व्यवसायिक सम्झौताका लागि गरेको प्रस्ताव अस्वीकार गरेका थिए । क्लबले स्पेनिस च्याम्पियनबाट क्षतिपूर्तिका रुपमा

विश्वकप क्रिकेटको उपाधि इङ्ल्यान्डलाई

एजेन्सी । इङ्ल्यान्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको नयाँ च्याम्पियन बनेको छ । आइतबार भएको फाइनल खेलमा न्युजिल्यान्डलाई सुपर ओभर मार्फत् पराजित गर्दै इङ्ल्यान्ड विश्वकप क्रिकेट २०१९ को च्याम्पियन बनेको हो । इङ्ल्यान्डले प्रथम पटक विश्वकप क्रिकेटको उपाधि उचालेको हो । लर्डसमा न्युजिल्यान्डले दिएको २ सय ४२ रनको लक्ष्य पछ्याएको इङल्यान्डले

नेदरल्याण्ड महिला विश्वकप फुटबलको फाइनलमा

एजेन्सी । नेदरल्याण्ड्स महिला विश्वकप फुटबलको फाईनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा स्विडेनलाई १–० गोल अन्तरले हराउँदै डच महिला टोली फाईनल प्रवेश गरेको हो । नेदरल्याण्ड्सले अब उपाधिका लागि डिफेन्डिङ च्याम्पियन अमेरिकासँग खेल्नेछ । निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएको थियो । अतिरिक्त समयको ९९ औं

सप्तरी महिला प्रिमियर लिगको उपाधि सुरुङ्गालाई

क्रेजी साप्ताहिक पथरी । सप्तरी महिला प्रिमियर लिगको उपाधी सुरुङ्गा नगरपालिकाले उचालेको छ । रुविना क्षेत्रि र अप्सरी बेगमको उत्कृष्ट ईनिंगले सुरुंगा नगरपालिकाले खडक नगरपालिकालाई सजिलै १० बिकेटले पराजित गर्दै पहिलो महिला सप्तरी प्रिमियर लिगको उपाधि चुमेको हो । प्रतियोगिता अन्र्तगत हिजो सम्पन्न भएको फाईनल खेलमा खडक नगरपालिकाका कप्तान सरस्वती

युरो यू २१ च्याम्पियनसिपको उपाधि स्पेनलाई

काठमाडौं । स्पेनले युरो यू–२१ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । इटालीमा सोमबार विहान सम्पन्न युरो यू २१ च्याम्पियनसिपको फाइनलमा जर्मनीलाई २–१ गोलअन्तरले पराजित गर्दै स्पेनले उपाधि उचालेको हो । सुरुवातीदेखि नै आफ्नो पकड बनाएको स्पेनले अग्रतालाई कायमै राख्दै जित हात पारेको हो । स्पेनलाई उपाधि दिलाउन फावियन रुइज र
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.