मतदाता परिचयपत्र वितरण सरु

क्रेजी संवाददाता पथरी । वैशाख ३० मा सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनका लागि आजदेखि मतदाता परिचयपत्र वितरण सुरु गरिएको छ । मतदाता परिचय पत्र भोलिसम्म वितरण हुनेछ । यस क्रममा, मोरङको पथरी शनिश्चरेमा परिचयपत्र लिन बाँकी रहेका नयाँ मतदाताहरूका लागि आफ्नै मतदान केन्द्रमा परिचयपत्र वितरण गरिने निर्वाचन अधिकृतको कार्यालयले

वडा नं. १० मा जीवनले जित्ने आधारहरू

राजनीतिक जीवनचर्यालाई समाजसेवामा जोडेका सफल व्यक्तित्व । बाम राजनीतिक आदर्शबाट गरिब र निमुखा जनताको जीवनस्तर माथि उकास्नुपर्छ भन्ने मूल मन्त्र जप्ने मोरङको पथरीशनिश्चरे १० को वडाध्यक्ष पदका उम्मेदवार जीवन खतिवडाको ५ दशकको जीवनयात्रामा निस्वार्थ सेवा भावमात्र पाइन्छ । पुरानो दुःखकष्टबाट मुक्ति पाउन आफूले नै गर्नुपरेको सङ्घर्ष पुनः आमसर्वसाधारणा जनताले भोग्नु

पथरीशनिश्चरे वडा नं. १ मा भीमकुमारको पल्लाभारी !

नेकपा एमाले पथरीशनिश्चरेका सचिव हुन् भीमकुमार राई । पार्टीको तर्फबाट वडामा आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरी पार्टीलाई चलायमान बनाएका भीमकुमार अहिले स्थानीय तहको निर्वाचनमा होमिएका छन् । किनकि उनी वडा नं. १ मा नेकपा एमालेका तर्फबाट वडा अध्यक्षका प्रत्यासी हुन् । वडा अध्यक्षको उम्मेद्वार बनिसकेपछि उनकै पल्लाभारी हुनेमा वडावासीहरु विश्वस्त

‘हरेक ठाउँमा हिँडेर पुग्न सक्छु र आफ्नो जिम्मेवारीलाई पूरा गरेरै छाड्नेछु’– देवीमाया काफ्ले

  देवीमाया काफ्ले उप–प्रमुख पदको उम्मेद्वार पथरीशनिश्चरे नगरपालिका नेकपा एमालेकी पथरीशनिश्चरे–६ की भूगोल समेटिएकी उम्दा उम्मेद्वार हुन् देवीमाया काफ्ले । लामो समय कम्युनिष्ट आन्दोलनमा खर्चिएकी काफ्ले निष्ठावान सादगी जीवनकी पर्याय हुन् । किसान आन्दोलन होस् कि अखिल नेपाल महिला संघको आन्दोलनमा उत्तिकै महत्वपूर्ण योगदान दिएकी नेतृ हुन् काफ्ले । स्थानीय

पथरीशनिश्चरे वडा नं. २ मा नैनाको चर्चा

साथीभाइहरुसँग बसेर विकास योजनाका प्लानिङ गर्न माहिर, इमान्दार छविका धनी, वौद्धिक व्यक्तित्व हुन् नैना राई । मोरङ पथरीशनिश्चरे–२ बुद्धचौक निवासी नैना राई शिक्षित युवामा गनिन्छन् । उनले एमएससी सम्मको अध्ययन सकिसकेका छन् । र, अहिले राजनीतिमा आफ्नो क्षमता निखार्दै अघि बढ्ने प्रयत्न गरिरहका छन् । नेकपा एमाले पथरीशनिश्चरे २ को

को हुन् उप–प्रमुखकी उम्मेद्वार देवीमाया काफ्ले ?

जिउँदो ज्याग्दो अनि जीवन आधी शताब्दीभन्दा बढी कम्युनिष्ट आन्दोलनमा बिताएकी झापा आन्दोलनकी प्रवर्तक तथा कम्यूनिष्ट चिन्तक हुन् देवीमाया काफ्ले । वि.सं. २०१३ साल चैत्र १० गते खोटाङ जिल्लाको दिक्तेलमा बुबा खगप्रसाद पोखरेल र बदनाकाको कोखबाट दोस्रो सन्तानकी रुपमा जन्मिएकी हुन् । तत्कालीन समयमा सुनसरीको सट्टाभर्ना अभियान अन्तर्गत बसाइँ सर्ने क्रममा

प्रमुख पदका उम्मेद्वार तुम्वापो भन्छन्–‘पैसा कमाउनुपर्छ भन्ने कहिल्यै सोचिनँ’

पुराना टिनघर भएको सानो कच्ची घर । त्यहाँ भित्रका साघुँरा कोठाका भित्तामा समाजसेवामा लाग्दाका धेरै प्रशंसापत्रहरू झुन्डिरहेका । पाहुना आउँदा पनि बसाइ मिलाउन मुस्किल पर्ने उही पथरीशनिश्चरे–२, शान्तिचौक नजिकै रहेको बासस्थानमा उमेरले पाँच दशकको यात्रा गर्दै गर्नुभएका नगरप्रमुख पदका उम्मेदवारले सादगी जीवन बिताइरहनु भएको देखिन्छ । असहजताभित्रै सहजताको खोजी गर्ने

पथरीशनिश्चरेको किर्तिपुरमा एमालेको वृहत् चुनावी–सभा

क्रेजी संवाददाता किर्तिपुर । ‘नेकपा एमालेको आह्वान, समृद्ध नगरका लागि सूर्यमा मतदान’ भन्ने मूल नाराका साथ पथरीशनिश्चरेको किर्तिपुरमा नेकपा एमालेको वृहत् चुनावी सभा भएको छ । सोमबार नेकपा एमाले निर्वाचन मूल परिचालन कमिटी पथरी शनिश्चरे नगरद्वारा आयोजित वृहत् चुनावी सभामा प्रमुख वक्ताको रुपमा संविधानसभा अध्यक्ष तथा वरिष्ठ नेता नेकपा एमालेका

‘वडा नं. १ लाई समृद्ध वडा बनाउने भिजनहरू मसँग पर्याप्त छन्’ – भीमकुमार राई

राजनीतिमा निष्ठावान, स्पष्टवक्ता, मिलनसार, निडर र सादगी स्वभावका धनी व्यक्तित्व हुन् भीमकुमार राई । २०३८ सालबाट साविक पथरीमा बसोबास सुरुवात गरेका राईले २०४६ सालबाट राजनीति सुरुवात गरेका हुन् । हरेकजसो सामाजिक अगुवाई, नेतृत्वदायी भूमिका निर्वाह गरेका राईले निरन्तर नेकपा एमालेमा सक्रियता देखाएका छन् । २०६८ मा पार्टी नेतृत्वमा आएका राई

‘हामीलाई मतदान गरी विजयी गराइदिनु हुन वडावासीमा अनुरोध गर्दछु’– बस्नेत

सालिन भद्र, मिजासिलो स्वभावका धनी हुन् उद्धवराज बस्नेत । ४९ वर्ष अघि दोलखा जिल्लाको तामाकोशी गाउँपालिकामा जन्मिएका बस्नेतले, व्यवस्थापन विषयमा स्नातक (बीकम) गरेका छन् । २०४० बाट पथरीशनिश्चरे वडा नं. ७ को लामाटोलीमा स्थायी बसोबास गर्नुभएका बस्नेतले २०४६ सालबाट राजनीतिक यात्रा तय गरेका हुन् । १ दर्जन भन्दा बढी सामाजिक
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.