
पथरी शनिश्चरे नगरपालिकामा पल्स विश्लेषण तालिम
क्रेजी संवाददाता पथरी । नगरको नियमन क्षत्राधिकार भित्रका सहकारी संस्थाका पदाधिकारी र कर्मचारीहरूको लागि पल्स विश्लेषण तालिम सुरु भएको छ । पथरी शनिश्चरे नगरपालिका सहकारी शाखाद्वारा आयोजित तालिम तीन दिन मंगलबारदेखि कात्तिक २३ गतेसम्म सञ्चालन हुनेछ । नगरपालिकाको सभाहलमा भएको सो तालिमको अध्यक्षता नगर उप–प्रमुख देविमाया काफ्ले रहनुभएको थियो ।