फेरि ठेलागाडामा बदाम बेच्न थाले ‘काचा बदाम’ गायक

तपाईंले टिकटकमा भाइरल भएको गीत ‘काचा बदाम’ अवश्य सुन्नुभएको छ । संसारभर यो गीत यति चर्चित भयो कि यो गीतका गायक भुवन बाड्याकर रातारात संगीत स्टार बने । तर यतिबेला ती भाइरल स्टार जिरोमा झरेका छन् । ‘काचा बदाम’ हिट हुनुअघि ठेलागाडामा बदाम बेचेर गुजारा गर्ने भुवन कपीराइट लगायतको विवादले

रणवीर अभिनीत ‘ब्रह्मास्त्र’को दुई सिक्वेल बन्ने

अभिनेता रणवीर कपुर फिल्म ‘तू झुठी मैं मक्कार’ को प्रचारप्रसारमा व्यस्त छन् । होलीको अवसर पारेर रिलिज भएको फिल्ममा श्रद्धा कपूर उनको अपोजिटमा छिन् । फिल्मका निर्देशक लव रञ्जन हुन् । फिल्मले राम्रो व्यवसाय गरिरहेको बताइन्छ ।यसपछि अभिनेता अयान मुखर्जी र सन्दीप रेड्डी वांगाको फिल्ममा उनी देखिने छन् । फिल्म

सेलेना गोमेज र जेन मलिकबीच सहकार्यसँगै अफेयरको चर्चा

विश्व संगीतका दुई चर्चित अनुहारहरु जेन मलिक र सेलेना गोमेजले सांगीतिक सहकार्य गर्ने भएका छन् । इन्स्टाग्राममा एकले अर्कोलाई फलो गरेसँगै यी दुईले सहकार्य गर्ने सम्भावनाबारे चर्चा सुरु भएको छ । मार्च ८ मा सेलेनालाई फलो गर्दै मलिकले यी दुईबीच सम्भावित टिमअपको संकेत दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मलिकको

ब्ल्याकपिंक बन्यो ८ अर्ब पटक स्पटीफाइमा सुनिने पहिलो ब्याण्ड

दक्षिण कोरियाको गर्ल्स ब्याण्ड ब्ल्याकपिंक लोकप्रिय अडियो स्ट्रिमिङ सेवा स्पटीफाइमा विश्वमा सबैभन्दा बढी सुनिने ब्याण्ड बनेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बुधबारसम्म यो ब्याण्डलाई ८.८ बिलियन (८ अर्ब ८ करोड) पटक सुनिएको छ । ब्याण्डका चर्चित गीतहरुले उनीहरुलाई यस्तो सफलता दिलाएको जनाइएको छ । जसमा शीर्ष तीन सूचीमा ‘हाउ यु

भेराइटीको ओस्कार प्रक्षेपण : ‘एभ्रिथिङ एभ्रिह्वेयर’ले फिल्म र ‘नाटु नाटु’ले गीततर्फ जित्न सक्छन्

प्रतिष्ठित हलिउड म्यागजिन भेराइटीले आगामी ओस्कार अवार्डको अन्तिम प्रक्षेपण गरेको छ, जसको शीर्ष विधामा ‘एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स’को दबदबा हुने देखिएको छ । सर्वश्रेष्ठ फिल्मसँगै निर्देशक, अभिनेत्री, सहअभिनेता, मौलिक पटकथा विधामा फिल्मले जित्ने प्रक्षेपण गरिएको छ । ओस्कारको ९५ औं संस्करण नेपाली समयानुसार आगामी मंगलबार बिहान वितरण हुँदैछ ।

बलिउड अभिनेता सतीश कौशिकको निधन, गृहमन्त्रीदेखि कलाकारले दिए शोक सन्देश

बलिउड अभिनेता तथा निर्देशक सतीश कौशिकको गएराति १ः३० बजे नयाँ दिल्लीमा निधन भएको छ । उनी ६६ वर्षका थिए । बलिउड अभिनेता अनुपम खेरले हृदयघातबाट कौशिकको निधन भएको जानकारी दिएका छन् । पारिवारिक कार्यक्रममा सहभागी हुन दिल्ली पुगेका उनको राति स्वास्थ्य बिग्रिएको थियो । परिवारले अस्पताल पुयाएपछि उनको निधन भएको

‘मेरो घरमा महिला फ्यान सहयोगी भएर काम गर्थिन्’ गोबिन्दाले भने – धनाढ्य परिवारकी थिइन् भनेर पछि थाहा भयो

९० को दशकमा चर्चित अभिनेता गोबिन्दाका धेरै फ्यान थिए । उनीसँग विवाह गर्न चाहने धेरै महिला फ्यान थिए । हालैको एक अन्तर्वार्तामा गोबिन्दा र उनकी श्रीमती सुनिताले एक महिला फ्यानले आफ्नो परिचय परिवर्तन गरेर घरमा सहयोगीको रूपमा काम गरेको बताए । एक दिन सुनितालाई ती महिलामाथि शङ्का लाग्यो र उनी

शाहरुख खानको बङ्गलाको मेकअप रूपमा आठ घण्टासम्म लुकेका थिए दुई युवक : प्रहरी

बलिउड अभिनेता शाहरुख खानको बङ्गला ‘मन्नत’ भित्र छिरेको आरोपमा अघिल्लो हप्ता दुई युवकलाई पक्राउ गरिएको थियो । मुम्बई प्रहरीले सुरुवाती अनुसन्धानपछि यी दुई युवक शाहरुख खानको मेकअप रुममा करिब ८ घण्टासम्म लुकेका थिए भन्ने जानकारी दिएको छ । प्रहरीले भने, ‘दुवै अभियुक्त शाहरुख खानलाई भेट्न उनको बङ्गलामा छिरेका थिए र

‘बाहुबली’ अभिनेत्री तमन्ना भाटिया घुमघाम गर्न काठमाडौंमा

‘बाहुबली’ फेम्ड अभिनेत्री तमन्ना भाटिया होलीको बिदा मनाउन नेपाल आइपुगेकी छन् । उनले इन्स्टाग्राम एकाउन्टमा नेपालमा होली मनाएको तस्वीर पोस्ट गरेकी छन् । भारतमा मंगलबार होलीको बिदा भएकाले उनी नेपाल आइपुगेकी हुन् । ‘ह्याप्पी होली फ्रम नेपाल’ भन्दै उनले शुभकामना समेत दिएकी छन् । तेलुगु र तामिल फिल्म उद्योगकी यी

रिहानाले ओस्कार अवार्डको स्टेजमा ‘लिफ्ट मी अप’ गीत प्रस्तुत गर्ने

दोस्रो सन्तानलाई जन्म दिने तयारीमा रहेकी गायिका रिहानाले आगामी मंगलबार बिहान हुने ओस्कार अवार्डमा सांगीतिक प्रस्तुति दिने भएकी छन् । मार्वल फिल्म ‘ब्ल्याक प्यान्थर : वाकाण्डा फरेभर’को चर्चित गीत ‘लिफ्ट मी अप’लाई उनले ओस्कारको स्टेजमा गाउने तय भएको एकेडेमी अफ आर्ट्स एण्ड साइन्सेजले घोषणा गरेको छ । यो गीत ओस्कारको