नम्रता श्रेष्ठलाई लिएर थ्रिलर फिल्म ‘ह्यासट्याग माया’ निर्माण हुने

ललितपुरको बुङ्मतीस्थित कार्यविनायक मन्दिरमा फिल्म ‘ह्यासट्याग माया’को मुहूर्त गरिएको छ । राजीव गुरुङको निर्देशनमा बन्ने फिल्ममा नम्रता श्रेष्ठ, सारूक ताम्राकार, रोयदीप श्रेष्ठ, निकिता आचार्य, केनिपा सिंह, सुदाम सीके लगायतको अभिनय रहनेछ । शुक्रबार बिहान सम्पूर्ण कलाकारको उपस्थितिमा मुहूर्त गरिएको हो निर्माण समूहले छायांकन आउँदो सातादेखि सुरु हुने जनाएको छ ।

‘परस्त्री’ असार १५ मा नेपाल र भारतसहित विश्वभर रिलिज हुने

शिल्पा मास्के, कोसिस क्षेत्री र गौरव विष्टको शीर्ष भूमिका रहेको फिल्म ‘परस्त्री’ आगामी असार १५ गते नेपाल र भारतमा एकसाथ रिलिज हुने भएको छ । निर्माताले शुक्रबार चार नयाँ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेका हुन् । बलिउड व्यापार समीक्षक तरण आदर्शले सबैभन्दा पहिलो पोस्टर सेयर गर्दै यो फिल्मको

मिस्टर एण्ड मिस नेसनल नेपाल–२०२३ मा २१ प्रतियोगी

मिस्टर एण्ड मिस नेसनल नेपालको तेस्रो संस्करण आयोजना हुने भएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सनुर्भी इन्टरनेसनलले अडिसनबाट प्रतिस्पर्धी छनोट भएको र कुल २१ जना सेमिफाइनलिस्टले प्रतिस्पर्धा गर्ने जानकारी दिएको छ । काठमाडौंसँगै इटहरी, धनगढी र पोखरामा भएको अडिसनमार्फत प्रतिस्पर्धी छनोट गरिएको नेपाल निर्देशक सन्तोष उपाध्यायले जनाए । प्रतिस्पर्धामा

काठमाडौं बाल स्वास्थ्य संस्थानको परोपकारी दूतमा गायक प्रमोद खरेल

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको अगुवाइमा स्थापित काठमाडौं बाल स्वास्थ्य संस्थान (कीओएच)को परोपकारी दूतमा गायक प्रमोद खरेल नियुक्त भएका छन् । बिहीबार चपलीहाइटस्थित उक्त बाल अस्पतालमा आयोजित समारोहमा अस्पतालका अध्यक्ष डा. कोइरालाले गायक खरेललाई दूतको नियुक्तिपत्रसहित सम्मान प्रदान गरे । उक्त अवसरमा डा. कोइरालाले लोकप्रिय गायक खरेललाई काठमाडौं इन्स्टिच्युट

फिल्म हुक्का रिलिज हुने भएपछि दङ्ग प्रमीला

अभिनेत्री प्रमीला खनाल अहिले दङ्ग छिन् । उनको खुसीको कारण अरू केही नभएर फिल्म ‘हुक्काः एन एब्जर्ड ड्रिम’ हो । फिल्म १२ जेठबाट सार्वजनिक प्रदर्शनमा आउदैछ । यसै फिल्म मार्फत उनले पहिलो पटक अभिनेत्रीको रूपमा डेब्यु गरेकी हुन् । थुप्रै फिल्म अभिनय गरे पनि पहिलो पटक अभिनेत्रीको रूपमा देखिँदै गर्दा

चम्सुरीले ल्याइन् ‘तिमी जाने भट्टीतिर’

हास्य अभिनेत्री पल्पसा डङ्गोल (चम्सुरी)ले आफ्नो स्वरमा नयाँ गीत ‘तिमी जाने भट्टीतिर’ सार्वजनिक गरेकी छन् । गीत उनले आफ्नो जन्म दिनको अवसर पारेर बिहीबार सार्वजनिक गरेकी हुन् । मापसेको लतमा लागेर श्रीमती र परिवारलाई दुःख दिएका श्रीमानलाई सुधार्ने सन्देश दिने गीतमा शब्द, सङ्गीत रमेशराज भट्टराईको छ । गीतको भिडियो पनि

कति कमायो सलमानको फिल्म ’किसीका भाइ किसीका जान’ले ?

इदको अवसरमा सलमान खानले फिल्म ‘किसी का भाई किसकी जान’ रिलिज गरेर फ्यानहरूलाई उपहार दिएका थिए । तर, फ्यानले त्यो उपहार मन पराएको देखिँदैन । यो फिल्मले सय करोड त कमाएको छ तर यो कमाई सलमानको फिल्मको लागि अपेक्षभन्दा निकै कम हो । फिल्मको दोस्रो हप्ताको कलेक्सन दिन प्रतिदिन घट्दै

‘हल्का रमाइलो’ मा फेरि फर्किए ‘इकु’

सानोपर्दामा दर्शकले मन पराएको पात्र हो ‘इकु’ । हास्यश्रृंखला ‘हल्का रमाइलो’मार्फत ‘इकु’ पात्रका रुपमा सुलेमान शंकरको फेरि प्रवेश भएको हो । ‘इकु’ पात्र मार्फत सानोपर्दाका दर्शकलाई फेरि एकपटक मनोरञ्जन दिलाउन ‘हल्का रमाइलो’मा इकुको भूमिका निर्वाह थालेको कलाकार सुलेमान शंकरले बताए । ‘हल्का रमाइलो’ का निर्देशकद्वय मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ र

प्रभासको ‘आदिपुरुष’ १६ जुनमा रिलिज हुने

अभिनेता प्रभास अभिनीत बहुप्रतिक्षित फिल्म ‘आदिपुरुष’ १६ जुनमा रिलिज हुने भएको छ । राममायणमा आधारित फिल्मको १६ जुनमा रिलिज हुने बताइएको छ । फिल्मका निर्देशक ओम राउत हुन् । फिल्ममा प्रभासको अलावा कृति सेननको पनि मुख्य भूमिकामा छिन् । फिल्म हिन्दीको अलावा तेलुगु, तमिल, कन्नड र मलायालम भाषामा समेत रिलिज

‘हाउगुजी’ को फष्टलुकमा के छ ?

बलात्कार पीडित युवतीको कथामा निर्माण भएको फिल्म ‘हाउगुजी’ को फष्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा बलात्कार पीडित एक युवतीको मनोदशा पोस्टरमा देखाउन खोजिएको छ । दीपक परियारको निर्देशन रहेको फिल्म लुम्बिनी मुभी मेकर्सको ब्यानरमा तयार भएको हो । फिल्ममा बोम बहादुर थापा, माया थामी, सुरेन्द्र बराल, विनय उदय, विष्णु