‘बहाव’ हेर्न हलमा पुगे एमाले नेता भट्टराई र गैरे

प्रदर्शन भइरहेको फिल्म ‘बहाव’ हेर्न नेकपा एमालेका नेताहरु हलमा पुगेका छन् । एमाले सचिव योगेश भट्टराई, सांसद ठाकुर गैरेलगायत फिल्म हेर्न ललितपुर पुल्चोकस्थित लबिम मलमा पुगेका हुन् । उनीहरुसहित केही पत्रकारले पनि फिल्म हेरेका थिए । फिल्म हेरेपछि भट्टराईले यसमा युवाको प्रयत्न बलियो रहेको बताए । ‘फिल्म राम्रो छ ।

‘चुम्बन’ चर्चाबीच सुरक्षाले भनिन्– उहाँ फिल्ममेकर भएकाले सम्झाइरहनुपर्दैन

हलमा चलिरहेको फिल्म ‘बहाव’मा समावेश चुम्बनको दृश्य यतिबेला चर्चामा छ । चुम्बनको लामो दृश्यले अभिनेत्री सुरक्षा पन्तलाई पनि एकाएक चर्चामा ल्याएको छ । चुम्बनको दृश्यले नवविवाहित जोडीको दाम्पत्य जीवनमा कुनै नकारात्मक प्रभाव पार्ने त होइन भनेर पनि सामाजिक सञ्जालमा कतिपयले टिप्पणी गरेका छन् । तर यसबीच सुरक्षाले चुम्बन दृश्यबारे प्रष्टीकरण

‘माग्ने बुढा’को कटाक्ष : यो दुनियाँ आखिर माग्ने नै रहेछ

राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद ढाकाप्रसाद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको भनिएको अडियो सार्वजनिक भएपछि यसले सामाजिक सञ्जालमा तरंग पैदा गरेको छ । अडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक टीकाटिप्पणी भइरहेको छ ।यो चर्चाबीच माग्ने बुढा नामले चर्चित अभिनेता केदाप्रसाद घिमिरेले उक्त अडियोलाई लिएर भइरहेको चर्चाप्रति

प्रियंका चोपडा स्टारर ‘सिटाडेल’ अहिलेसम्मकै दोस्रो महंगो सिरिज

अमेजन स्टुडियोले प्रियंका चोपडा र रिचर्ड म्याडेन स्टारर ‘सिटाडेल’ बनाउन यतिबेला पैसाको खोलो बगाइरहेको छ । यो निकै महंगो जासूस–थ्रिलर शो रिलिज त भइसकेको छैन तर यसको चर्चा विश्वव्यापी छ । सिरिजको निर्माणमा ३०० मिलियन डलर (२५ सय करोड भारु) खर्च भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ‘द लर्ड अफ

मार्वलको सुपरहिरोइन फिल्म ‘द मार्वल्स’को ट्रेलर : ब्रह्माण्ड जोगाउन गर्ने संघर्षको कथा

हलिउड स्टार ब्री लार्सन मार्वल सिनेम्याटिक युनिभर्समा फर्किएकी छन् । मार्वलको नयाँ फिल्म ‘द मार्वल्स’मा लार्सनले एमसीयू स्टारहरु ‘वान्डा भिजन’की टेयोनाह पेरिस र ‘मिसेल मार्वल’की इमान भेलानीसँग सहकार्य गरेकी छन् । नेपाली समयानुसार मंगलबार राति सार्वजनिक भएको ट्रेलरमा यी तीनै हलिउड अभिनेत्री देखिएका छन् । स्यामुएल एल ज्याक्सनलाई पनि शीर्ष

सलमान खानलाई मिति तोकेरै आयो ज्यान मार्ने धम्की

मुम्बई पुलिसलाई फोन गरेर अभिनेता सलमान खानलाई मार्ने धम्की दिने व्यक्तिलाई हिरासतमा लिइएको छ । धम्की दिने १६ वर्षीय किशोर रहेको मुम्बई प्रहरीले जनाएको छ । उनलाई ठाणे नजिकैको सहरबाट हिरासतमा लिएर थप अनुसन्धान भइरहेको जनाइएको छ । मुम्बई प्रहरीका अनुसार सलमानलाई सोमबार फोनमार्फत यस्तो धम्की आएको हो । धम्की

फिल्म ‘जारी’को अग्रिम टिकट बुकिङ सुरु

आगामी बैशाख १ गते प्रदर्शन तयारीमा रहेको फिल्म ‘जारी’को अग्रिम टिकट विक्री सुरु भएको छ । बिग मूभिज, आइएनआइ सिनेमाज् लगायतका मल्टिप्लेक्सले बुकिङ खुलाएका हुन् । बिग मूभिजले फिल्मलाई ६ शोज दिएको छ । हलको प्रारम्भिक शोज संख्यामा सोही दिन प्रदर्शन हुन लागेका अन्य तीन फिल्मभन्दा जारीको शोज संख्या उच्च

कमब्याक फिल्म ‘बुलाकी’बाट दर्शकको नजरमा पर्नेमा नरेन आशावादी

आगामी शुक्रबारदेखि प्रदर्शन हुन लागेको फिल्ममध्ये एक हो ‘बुलाकी’ । कर्णालीको परिवेशमा छायांकन गरिएको यो सोसल ड्रामाले जारीप्रथा र महिला उत्पीडन, संघर्षको कथा पेश गर्छ । फिल्मको शीर्ष भूमिकामा सुरक्षा पन्त र नरेन खड्काले अभिनय गरेका छन् । ‘हमेशा’बाट अभिनय करिअर थालेका नरेनले लामो ‘ग्याप’पछि ‘बुलाकी’मार्फत पुनरागमन गरेका हुन् ।

१७ वर्षअघि राखीलाई जबर्जस्ती चुम्बन गरेको मुद्दा खारेजको माग गर्दै मिका सिंह अदालतमा

बलिउड गायक मिका सिंह र राखी सावन्तको कुनैबेलाको चुम्बन प्रकरण पुनः चर्चामा छ । राखीलाई जबर्जस्ती चुम्बन गरेको भन्दै १७ वर्षअघि दायर उजुरी खारेजीको माग गर्दै उनी मुम्बई उच्च अदालत पुगेका हुन् । मिकाको निवेदनमा आरोपी र उजुरीकर्ता दुवैले सहजै मामिला सुल्झाएकाले सन् २००६ को मुद्दा खारेज गर्न सकिने दाबी

सलमान खानको ‘किसीका भाइ किसीकी जान’को ट्रेलर रिलिज

सलमान खान अभिनित ‘किसीका भाइ किसीकी जान’को ट्रेलर सार्वजनिक भएको छ । फराद साम्जी निर्देशित फिल्ममा सलमान खान, दगुबाती बेंगोटेस र पूजा हेग्डे शीर्ष भूमिकामा छन् ।तीन मिनेट २५ मिनेट लामो ट्रेलर फिल्मको कथावस्तुको झल्को दिन्छ । एउटै परिवारको तीन दाजुभाइमध्ये जेठो दाइले विवाह नगरेसम्म अरु भाइको विवाह नहुने कथामा