एलन मस्क र मेसीलाई उछिन्दै शाहरुख खान बने संसारकै प्रभावशाली व्यक्ति

अभिनेता शाहरुख खान भारतीय फिल्मका ठूला स्टारमध्ये एक हुन् । आफ्नो करिअरमा उनले १०० भन्दा बढी फिल्ममा काम गरेका छन् । धेरै हलिउड स्टारले पनि उनीसँग कुनै दिन सँगै काम गर्ने इच्छा जनाएका छन् । यही सन्दर्भमा शाहरुख विश्वका सबैभन्दा प्रभावशाली व्यक्ति घोषित भएका छन् । प्रतिष्ठित टाइम म्यागजिनले शाहरुखलाई

प्रकाश सपुतले २०८० लाई जातीय विभेदविरुद्धको वर्ष बनाउने

गायक प्रकाश सपुतले २०८० साललाई जातीय विभेदविरुद्धको वर्ष बनाउने भएका छन् । जसकारण २०७९ सालभित्रै नयाँ गीत ‘सकम्बरी’ रिलिज गर्न लागेको उनको भनाइ छ । आगामी वर्ष आउने आफ्ना सिर्जनाहरु जातीय विभेदविरुद्ध हुने उनले उल्लेख गरेका छन् । फेसबुकमा प्रकाश लेख्छन्, ‘अलि हतार गरेर यो गीत यही वर्ष २०७९ भित्रै

१८ सेकेण्ड लामो ‘बहाव’को चुम्बन दृश्यलाई लिएर सेन्सर बोर्डको सोधपुछ

चलचित्र जाँच समितिले शुक्रबारदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बहाव’मा समावेश चुम्बनको दृश्यलाई लिएर निर्देशक र निर्मातासँग सोधपुछ गरेको छ । बोर्डका पदाधिकारीले चासो दिएर सोधेपछि आफूले फिल्ममा उक्त दृश्यको औचित्य र महत्वबारे बताएको निर्देशक प्रमोद कँडेलले जानकारी दिए ।फिल्म सुरु भएको केही मिनेटमै सुरक्षा पन्त र पवन श्रेष्ठको झण्डै १८

अभिनयमा फर्किए पल शाह, मुस्ताङमा गीतको छायांकन सुरु

अभिनेता पल शाह एकवर्षपछि औपचारिक रुपमा काममा फर्किएका छन् । हिमालपारिको जिल्ला मुस्ताङमा विहिबार एक म्युजिक भिडियोको छायांकन सुरु भएको छ जसमा पल फिचर्ड छन् । एकवर्षको कारागार बसाइपछि गत फागुन १५ गते पल रिहा भएका थिए । रिहा भएपछि यो उनको पहिलो सांगीतिक प्रोजेक्ट हो । फेसबुकमार्फत एक तस्वीर

‘हात्तीछाप’मा जोडिए विल्सनविक्रम राई, लाहुरेको भूमिकामा देखिने

फिल्म ‘हात्तीछाप’को शीर्षमध्येको एक भूमिकामा अभिनेता विल्सनविक्रम राई अनुबन्धित भएका छन् । निर्माता किरण नेपाली र अभिनेता राईबीच विहिबार लिखित सम्झौता भएको छ । फिल्ममा विल्सनले लाहुरेको भूमिकामा अभिनय गर्नेछन् । विल्सनसम्म आइपुग्दा फिल्मको लाइनअप बलियो देखिएको छ । निर्माता नेपालीले बैशाख अन्त्यदेखि फिल्म छायांकन सुरु हुने जानकारी दिए ।

हिमालय लोकस्टारका अन्तिम आठजना घोषणा, को–को बाहिरिए ?

हिमालय लोकस्टारका पछिल्ला एपिसोड निकै रोमाञ्चक बनिरहेका छन् । आगामी चरणमा प्रवेश गर्न प्रतिस्पर्धीबीच होड चलिरहेको छ । बुधबार बेलुका आठजना सेमिफाइनलिस्ट घोषणा भए जसले आगामी साताको एपिसोडमा फाइनल राउण्डमा जान प्रतिस्पर्धा गर्नेछन् । लोकमाया लिम्बु र पलबहादुर सिंह बुधबारको एपिसोडबाट बाहिरिएसँगै लोकस्टारले अन्तिम आठजना प्रतियोगी प्राप्त गरेको छ ।

फ्रान्सेली राजा लुई पन्ध्रौंमा आधारित जोनी डीप स्टारर फिल्म कान्समा देखाइने

हलिउड अभिनेता जोनी डीप अभिनित फ्रान्सेली ऐतिहासिक फिल्म ‘जन डु बेरी’ आगामी महिना हुने विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा प्रिमियर हुने भएको छ । फिल्ममा डीपले फ्रान्सेली राजा लुई पन्ध्रौंको भूमिका निर्वाह गरेका छन् । मे १६ मा कान्समा यो फिल्मको हाइप्रोफाइल प्रिमियर हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पूर्वपत्नी एम्बर

‘धुम ४’बाट आमिर खानको पुनरागमन तयारी

‘लालसिंह चड्डा’ असफल भएपछि बलिउड अभिनेता आमिर खान फिल्म करिअरबाट टाढा छन् । केही समय फिल्म नगर्ने घोषणा गरेका थिए । आशा राखिएको फिल्म नै फ्लप भएपछि यसले आमिरलाई ठूलो धक्का पुयाएको छ । यतिबेला भने ‘थ्री इडियट्स’ अभिनेतालाई लिएर बलिउडमा नयाँ खबर छ । भारतीय संचारमाध्यमका अनुसार यशराज ब्यानरले

जोन सीनासँग फिल्म खेल्दै प्रियंका चोपडा, अमेजनको नयाँ फिल्म घोषणा

जासूस शृंखला ‘सिटाडेल’को विश्वव्यापी रिलिजअघि अभिनेत्री प्रियंका चोपडा र अमेजन स्टुडियोबीच पुनः सहकार्य पक्का भएको छ । यसपटक प्रियंकाले अमेजनको आगामी फिल्म ‘हेड्स अफ स्टेट’मा जोन सीना र इड्रिस एल्बासँग काम गर्दैछिन् । छायांकन मे महिनादेखि सुरु हुनेछ । ‘नोबडी’ फिल्म निर्माता इल्या नाइशुलरले जोश एपेलबम र एन्ड्रे नेमेकद्वारा लिखित

इन्डियन आइडल १३ का विजेताले भने, ‘मलाई धर्मपुत्र बनाइएको रहेछ भनेर थाहा पाउँदा विक्षिप्त भएँ’

  इन्डियन आइडलको ट्रफी जितेको दोस्रो दिन ऋषि सिंह आफ्नो जन्मभूमि अयोध्या पुगे । त्यहाँ उनको भव्य स्वागत गरियो । यति मात्रै होइन उत्तर प्रदेशको गौरव बढाएको भन्दै उनलाई मुख्यमन्त्री योगी आदित्यनाथले पनि शुभकामना दिए । ऋषिले एक भारतीय सञ्चार माध्यमसँग इन्डियन आइडलको यात्रा र सफलताबारे खुलेर कुराकानी गरेका छन्