
करिना भन्छिन्–‘म मेरो छोराहरुलाई मुभी स्टार बनाउन चाहन्नँ’
बलिउड नायिका करिना कपुरले आफ्ना दुई छोराहरुलाई स्टार बनाउन नचाहेको बताएकी छिन् । हालै मात्र भारतीय मिडियासँग कुराकानी गर्दै करिनाले छोराहरुलाई मुभी स्टार भन्दा पनि जेन्टलम्यान बनाउन चाहेको बताएकी हुन् । करिनाले भनेकी छिन्–‘म आफ्ना २ छोराहरुलाई जेन्टलम्यान बनाउन चाहन्छु । मानिसहरुले उनीहरुलाई दयालु स्वभावको भनुन् भन्ने म चाहन्छु ।