
हात्तीपाइले रोग विरुद्ध आम औषधि सेवन अभियानको विषयमा पत्रकार अन्तरक्रिया कार्यक्रम
क्रेजी संवादाता पथरीशनिश्चरे, मोरङको पथरीशनिश्चरे नगरपालिकामा हात्तीपाइले रोग विरुद्ध आम औषधि सेवन अभियान २०७९ को विषयमा पत्रकार अन्तरक्रिया कार्यक्रम गरिएको छ । नगरको सभाहलमा नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा कार्यक्रम गरिएको थियो । प्रमुख तुम्वापोले सञ्चारमाध्यमको तर्फबाट जतिसक्दो आम नगरवासीहरुमा आफ्नो जिम्मेवारी सम्झी प्रचार प्रसार गरी औषधि सेवनमा सहभागिता बढाइदिन