
छाँयामा परेका विम्बहरुलाई साहित्यले झल्काउनुपर्छ : साहित्यकार मृदुल
क्रेजी संवाददाता कानेपोखरी । लघुकथा समाज नेपाल १ नं. प्रदेश अध्यक्ष साहित्यकार ममता मृदुलले छाँयामा परेका विम्बहरुलाई साहित्यले झल्काउनुपर्ने बताइन । साहित्यले अब बोल्न नदिइएका, दबिएका आवाजहरु वुलन्द पार्नुपर्ने र संविधानले अटाउन नसकेका बुँदाहरुलाई समेट्नुपर्ने कुरा राखिन । मोरङ कानेपोखरीमा स्थापित कानेपोखरी साहित्य समाजले सम्पन्न गरेको दोश्रो वार्षिक उत्सवको अवसरमा