केएल राहुल आईपीएल र टेस्ट च्याम्पियनसिपको फाइनलबाट बाहिर

लखनउ सुपर जायन्ट्सका कप्तान केएल राहुल तिघ्राको चोटका कारण आईपीएल र अष्ट्रेलियाविरुद्धको जुनमा हुने भारतको विश्व टेस्ट च्याम्पियनसिपको फाइनलबाट बाहिरिएका छन्। उनले इन्स्टाग्राममार्फत आफूलाई शल्यक्रियाको आवश्यकता रहेको जानकारी दिएका हुन् । साथै, उनले अर्को महिना ओभलमा खेल्न नपाउँदा ‘पूर्ण रूपमा निराश’ भएको जिकिरसमेत गरे का छन् ।‘मेरो ध्यान आगामी हप्ताहरूमा

राजस्थानसँग गुजरातको बदला, प्लेअफ नजिक

इन्डियन प्रिमियर लिगको ४८ औँ खेलमा डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई ९ विकेटले पराजित गरेको छ । लिगमा राजस्थानमाथि गुजरातको यो चौथो जित हो। यो जितसँगै हार्दिक पाण्ड्याको नेतृत्वमा रहेको टोलीले घरेलु मैदानमा राजस्थानसँगको हारको बदला लिएको छ । पछिल्लो खेलमा राजस्थानले गुजरातलाई अहमदाबादमा ३ विकेटले पराजित गरेको थियो

सागरले एसियाली भारोत्तोलनमा प्रतिस्पर्धा गर्ने

सागर भण्डारीले एसियाली भारोत्तोलन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । दक्षिण कोरियाको जेन्जुमा मे ३ देखि १३ तारिखसम्म हुने प्रतियोगितामामा सागरले पुरुष १०९ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गर्न लागेका हुन् । पेरिस ओलम्पिक छनोटका रुपमा समेत रहेको प्रतियोगितामा सहभागी हुन १३ औं दक्षिण एसियाली खेलकुदका रजत विजेता सागरसहित ३ सदस्यीय नेपाली

एन्फा सदस्य सरिला एएफसी महिला कमिटीमा

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)की सदस्य सरिला मलेकु श्रेष्ठ एसियाली फुटबल महासङ्घ (एएफसी) को महिला कमिटीमा चयन भएकी छन् । उनी एन्फाको महिला फुटबल समितिकी संयोजक पनि हुन्। एएफसीले लाओस फुटबल सङ्घकी कन्या केवमनीको अध्यक्षतामा १६ सदस्यीय महिला कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा प्यालेस्टाइन फुटबल सङ्घकी सुसन सालबी

ए डिभिजन लिगमा आज दुई खेल

शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेलहरू हुँदै छन् । खेल एन्फा कम्प्लेक्स र रथ रङ्गशालामा हुनेछन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेलमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । पुलिस र हिमालयनबीचको खेल दिउँसो ४ बजे सुरु हुनेछ ।एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र एफसी

इङ्लिस प्रिमियर लिग : ब्राइटनसँग युनाइटेड स्तब्ध

जारी सिजनको इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले आठौं हार ब्यहोरेको छ । प्रिमियर लिगको पछिल्लो खेलमा बिहीबार राति म्यानचेस्टर युनाइटेडलाई ब्राइटनले १–० गोलले पराजित गर्यो । यी दुई टोलीबीचको खेल निकै प्रतिस्पर्धात्मक थियो । त्यसैले पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा पनि गोलका लागि दर्शकले

ए डिभिजन लिग : संकटमाथि मच्छिन्द्रको रोमाञ्चक जित

साविक विजेता मच्छिन्द्र फुटबल क्लबले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा बिहीवार संकटलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले संकटा क्लबमाथि ३–१ को रोमाञ्चक जित निकालेको हो । मच्छिन्द्रको जितमा देवेन्द्र तामाङ, आफिज ओलावाले र विमल घर्ती मगरले एक एक गोल गरे भने संकटाका जुनियर

आईपीएल क्रिकेट : कोलकातासँग पाँच रनले हार्यो हैदराबाद

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको बिहीबार राति खेलिएको खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादमाथि ५ रनको रोमाञ्चक जित हासिल गरेको छ । टस जिती पहिलो ब्याटिङको निर्णय लिएको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको हैदराबादले भने निर्धारित ओभरमा

साउदी क्लबबाट मेस्सीलाई ५२ अर्ब ४१ करोडको लोभलाग्दो प्रस्ताव

अर्जेन्टिनी स्टार लियोनल मेस्सी र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)बीचको सम्बन्ध चिसिएको छ । परिस्थितिले अर्को मोड नलिए ३५ वर्षीय मेस्सी छिट्टै पीएसजीबाट बाहिरिने छन् । पीएसजी छाड्ने चर्चाले व्यापकता पाएलगत्तै मेस्सीमाथि विभिन्न ब्यवसायीक क्लबले आँखा गाड्न थालेका छन् । यसैक्रममा साउदी अरबियाले पनि मेस्सीमाथि आँखा लगाएको छ ।

आईसीसी वरीयतामा फखरको छलाङ

पाकिस्तानका ओपनर फखर जमान आठ स्थान माथि उक्लिँदै आईसीसी एकदिवसीय ब्याटिङको वरीयतामा करियरकै उत्कृष्ट दोस्रो स्थानमा उक्लिएका छन् । उनीभन्दा अघि पाकिस्तानकै कप्तान बाबर आजम रहेका छन् । न्युजिल्याण्डविरुद्धको पाँच खेलको शृङ्खलामा जमानले रावलपिन्डीमा लगातार शतक बनाएका थिए । दुई खेलमा कप्तान बाबरले क्रमशः ४९ र ६५ रन बनाएका थिए