
दयाहाङले छाडे ‘लप्पन छप्पन २’, भित्रिए शक्ति
अहिले चलचित्र ‘लप्पन छप्पन २’को धमाधम छायांकन भइरहेको छ । विगत केही दिनदेखि निर्माण यूनिटले अष्ट्रेलियामा चलचित्रको छायांकन गरिरहेको छ । चलचित्रलाई मुकुन्द भट्टले निर्देशन गरिरहेका छन् । चलचित्रको छायांकन यसअगाडि युरोपमा गर्ने भन्दै मुख्य कलाकार यूरोप पुगेका थिए । तर, ११ दिनसम्म कलाकारले विना काम यूरोपमा बसेर फर्किए ।