खोलाले बगाउँदा एक जना बेपत्ता

क्रेजी साप्ताहिक झापा । झापा मेचीनगर नगरपालिका–१४ धाइजन बस्ने ४० वर्षीय कृष्णबहादुर सा्र्कीलाई खोलाले बगाउँदा बेपत्ता भएका छन् । आज बुधबार १२ बजे हडिया खोलामा नुहाउने क्रममा सार्कीलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । स्थानीयवासीबाट सार्कीलाई खोलाले बगाएर बेपत्ता बनाएको जानकारी पाउनसाथ प्रहरीचौकी चारआलीबाट गएको टोली

बेलबारी अन्र्राष्ट्रिय आमन्त्रण गोल्डकप ः धरान फाइनलमा

क्रेजी साप्ताहिक पथरी । मोरङको बेलबारी–११ स्थित लक्ष्मीमार्गमा जारी तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा धरान फुटबल क्लब प्रवेश गरेको छ ।  हिजो भएको पहिलो सेमिफाइनल खेलमा मदन भण्डारी स्र्पोट्स एकेडेमी काठमाडौंलाई २–१ गोल अन्तरले पन्छाउँदै धरान उपाधिको नजिक पुगेको हो । धरानले विभागीय टोली एपीएफ र रोयल

बलिउड अभिनेता सलमान खानमाथि ज्यान मार्ने धम्की

क्रेजी साप्ताहिक एजेन्सी । बलिउड अभिनेता सलमान खानमाथि ज्यान मार्ने भम्की आएको छ । धम्कीको खबर सामाजिक सञ्जाल फेसबुकमार्फत भाइरल भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । पञ्जाब विश्वविद्यालयको विद्यार्थी संगठन ‘सोपू’ भित्रको एक समूहको फेसबुक पेजमा गैरी शूटर नामक युवकले सलमान खानको चित्रमा रातो क्रस लगाएर मार्ने धम्की दिएका

पथरीशनिश्चरे वडा नं ८ का १ सय १५ ज्येष्ठ कम्युनिष्ट सम्मानित हुने

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्वर ८ का १ सय १५ जना ज्येष्ठ कम्यूनिष्ट सदस्यहरुलाई नेपाल कम्यूनिष्ट पाटीको वडा कमिटीले सम्मान गर्ने भएको छ । प्रदेश नम्बर १ का आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा असोज ९ गते नेकपा ८ नम्बर वडा कमिटीले मंगलबारे चोकमा कार्यक्रमको

पथरीमा भएको सवारी दुर्घटनामा परि १३ जना घाइते

क्रेजी साप्ताहिक मोरङको पथरीमा आज भएक्को सवारी दुर्घटनामा परि १३ जना घाइते भएका छन् । पुर्वपश्चिम राजमार्गस्थित जयचोकमा बिहान ९ बजेर ५० मिनेटमा बस र पिकअप एकआपसमा ठोकीदा पिकअपका सहचालक गम्भिर घाइते भएका छन् ।पश्चिमबाट पुर्व तर्फ आउदै गरेको को १ ख ४२७८ नं. को बस र विपरीत दिसाबाट आउदै

पथरीशनिश्चरे नगर अस्पतालमा अर्का पनि डाक्टर

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका अन्तर्गतको पथरीशनिश्चरे नगर अस्पतालमा अर्का एमबीबीएस डाक्टर समेत हाजिर भएका छन् । नवनियुक्त डाक्टर साकारबाबु घर्तीलाई मंगलबार नगरपालिका कार्यालयले स्वागत गरेपछि अस्पतालमा डाक्टरको संख्या २ रहन पुगेको छ । नगर प्रमुख दिलिपकुमार राई सहितका जनप्रतिनिधि र कर्मचारीले नगरपालिका कार्यालयमा डाक्टर घर्तीलाई स्वागत

भाद्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा

क्रेजी साप्ताहिक पथरी । विराटनगर क्षेत्रिय अनुसन्धान समूहमा कार्यरत प्रहरी जवान मुकेश फुयाल र जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी जवान भिम अधिकारी भाद्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर

मोरङमा मदिरा पिलाएर युवतिमाथि सामुहिक बलात्कार

क्रेजी साप्ताहिक पथरी । मोरङमा मदिरा सेवन गराएर सामूहिक बलात्कार गरेको आरोपमा चारजना युवाहरुलाई प्रहरिले पक्राउ गरेको छ । सुन्दरहरैंचा नगरपालिका १ की १७ वर्षीया किशोरीलाई शनिबार राति सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले आइतवार उनिहरुलाई  मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका ५ का २० वर्षीय सुरेश

जितिया पर्वको व्रत बस्दा मृत्यु

क्रेजी साप्ताहिक पथरी । जितिया पर्वको व्रत बस्दा महोत्तरीको एकडारा गाउँपालिकामा एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकडारा गाउँपालिका–६ बगेया गाउँ बस्ने जगदिश पाण्डेकी पत्नी ७१ वर्षीया मिथिलेश देवी पाण्डे रहेको सो वडाका वडाध्यक्ष सुमन्तकुमार रायले जानकारी दिए । यस वर्षको जितिया पर्व लामो अवधिको भएको र लामो

बिहान ३ बजेदेखि लाइन बस्दा पनि टिकट पाइदैन

क्रेजी साप्ताहिक पथरी । दसैंका लागि बसको अग्रिम टिकट बुकिङ खुला गरिएको पहिलो दिन टिकट काउन्टरमा सर्वसाधारणको अत्याधिक घुइँचो देखिएको छ । दसैं मनाउन समयमै घर जाने उद्देश्यकासाथ सर्वसाधारण एकैपटक बसपार्क पुगेपछि घुइँचो लागेको हो । दसैंका लागि टिकट बुकिङ गर्न बस काउन्टरमा सर्वसाधारण बिहान ३ बजेदेखि नै लाइनमा बसेका