महिलालाई ह्विल चियर वितरण

क्रेजी साप्ताहिक पथरी । पथरीशनिश्चरे नगरपालिका कार्यालयले वडा नम्वर ३ का अपाङ्गताको समस्या भोग्दै आएका एक जना महिलालाई हिड्न सजिलोका लागि ह्विल चियर प्रदान गरेको छ । सोमबार नगर प्रमुख दिलिपकुमार राई, ३ नम्वर वडाध्यक्ष डम्वरबहादुर चेम्जोङ सहितले सुनमाया सुनुवारलाई ह्विल चियर वितरण गरिएको हो ।

ओखलढुंगामा बस पल्टिदा, ३ जनाको मृत्यु, १७ घाइते

ओखलढुंगा l ओखलढुंगामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । काँकडभिट्टाबाट सोलुखुम्बु जाँदै गरेको मे १ ख १८९१ नम्बरको बस ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ डुडुवामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । सो दुर्घटनामा १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । बुधबार बिहान ३

एन आई सी एशियाको शाखारहित बैंकिङ सेवाको उद्घाटन

क्रेजी साप्ताहिक अमरदह । एन आई सी एशिया बैंकले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेकोे छ । यसै क्रममा झापा जिल्लाको अर्जुनधारा नगरपालिका वडा नं. २, खुदनाबारी, रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं.

अन्तरकलेज प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगिता हुने

भूमिप्रसाद पाठक सामुदायिक विकास मञ्च सिटिएफ नेपाल लेटाङ र अन्तरधार्मिक शान्ति युवा समूहको आयोजनामा प्रदेश नं–१ स्तरीय अन्तरकलेज वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । युएमएन सुनसरी नेपालको सहयोगमा हुने सो कार्यक्रमको सोमबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो । ‘सामुदायिक शान्ति निर्माणको लागि धार्मिक सहिष्णुता’ शीर्षक बिषयको वक्तृत्वकला प्रतियोगिता

एसइईमा जीपीए—४ ल्याउने विद्यार्थीलाई वाल्मीकिले दियो एक लाख

भूमिप्रसाद पाठक पथरी । पथरीशनिश्चरे नगरपालिका—२ स्थित वाल्मीकि मेमोरियल बोर्डिङ स्कुलले एसइई परीक्षामा जीपीए—४ ल्याउने विद्यार्थी युनिक श्रेष्ठलाई नगद एक लाखसहित सम्मान गरेको छ । श्रेष्ठसँगै जीपीए—३.९ ल्याउने सजना घिमिरेलाई समेत नगद २५ हजार र सम्मान पत्र प्रदान गरेका हुन् । वाल्मीकिले शनिबार एसइई परीक्षा उतिर्ण विद्यार्थीहरुलाई सम्मान बधाई तथा

पथरीशनिश्चरेमा भ्रष्टाचार विरुद्ध निरन्तर खवदारी

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकामा भ्रष्टाचारको गन्ध आइरहेको भन्दै विभिन्न समुहले भ्रष्टाचार विरुद्ध निरन्तर खवदारी गरिरहेका छन् । आज (असार २०) गते विशाल सहयोगी मनको आयोजनामा भएको भ्रष्टाचारविरुद्धको कार्यक्रममा ‘भ्रष्टाचार गर्न पाइदैन’, ‘भ्रष्टाचारी कर्मचारी चाहिदैन, ‘भ्रष्टाचारी जनप्रतिनिधिलाई सामाजिक बहिस्कार गरौ’ लगायतको नारा लगाएर पथरी बजार परिक्रमा गरीएको छ

गुणस्तरीय शिक्षामा मोरङ मेरीगोल्ड

भूमिप्रसाद पाठक मोरङको पथरीशनिश्चरे–९ मा स्थापित मोरङ मेरीगोल्ड अङ्ग्रेजी हाई स्कुलको स्थापना वि.सं. २०५४ साल मङ्सीर ४ गतेका दिन धनपति खरेल खगेन्द्रप्रसाद सिटौलाले गरेका हुन् । तत्कालीन साविक शनिश्चरे गाविस अध्यक्ष मोहनकुमार न्यौपाने तथा शिक्षाप्रेमी तथा समाजसेवीद्धय स्वर्गीय कृष्णप्रसाद निरौला र मुकुन्द पौडेलले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । २०६५

पथरी र उर्लावारी सिमानाको जंगलमा शव फेला

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका र उर्लावारी नगरपालिकाको सिमाना सुनझोडा खोला किनारमा आज (विहिवार) एक शव फेला परेको छ । खोला किनारको पूर्व पट्टिरहेको फलैचामा एक व्याक्ति मृत अवस्थामा फेला परेका हुन । उनको हाल सम्म पहिचान हुन नसकेको ईलाका प्रहरी कार्यालय उर्लावारीका प्रमुख राम तिम्सीनाले बताए ।

झारसादीमा एन.एम्.बी.को शाखा रहित बैंकिङ सेवा

क्रेजी साप्ताहिक उर्लाबारी । मोरङको उर्लाबारी–१ मा सोमबारदेखि एन.एम्.बी. बैंकको शाखा रहित बैंकिङ सेवा सुचारु भएको छ । वडा नं. –१ मा अवस्थित झारसाँदीमा एन.एम्.बी. बैंकको शाखा रहित बैंकिङ सेवा सुचारु भएको हो । सोमबार एक कार्यक्रमका बीच एन.एम्.बी. बैंक उर्लाबारीका प्रमुख सचित्र भट्टराईले स्थानीय गौरी शंकर दाहाललाई बैंकको डिभाइस

पथरीशनिश्चरे ५ को योजना अनुगम सार्वजानिक

क्रेजी साप्ताहिक पथरी । पथरीशनिश्चरे–५ नम्वर वडाले भौतिक विकासमा छुट्याइएको रकम खर्च गरेको जनाएको छ । ५ नं. वडा कार्यालयमा वुधबार पत्रकार सम्मेलन गरेर सो बरे जानकारी दिएको हो । वडा अध्यक्ष जोग बहादुर धिमालले भौतिक विकासतर्फ छुट्याइएको ६७ लाख ५० हजार रकम विकास निर्माणमै खर्च गरिएको जनाएका हुन् ।