
गजल
तारा लाओती लिम्बू मलाई उनीसंगै प्रेम दिवस मनाउने मन छ रातो गुलाब उनकै हातमा थमाउने मन छ एक आपसमा भरपूर प्रेमभाव पोख्ने दिनमा बगैंचामा भेटी उनीसंगै मलाई रमाउने मन छ प्रेमिल जोडीहरू संगसंगै खुशीले रम्दै डुलिरहँदा फलैंचामा बसी ठट्टा गर्दै उनलाई हँसाउने मन छ मायाका शब्दहरू उनी सामु प्रकट गरिरहँदा मैले वाचा कसम खाँदै उनलाई दिलमा बसाउने मन छ चोखो माया प्रेम सायद कमैले गर्लान यो दुनियाँमा निस्वार्थ भई सदा उनलाई जीवनमा सजाउने मन छ -पथरी-शनिश्चरे नगरपालिका-१, मोरङ