
गजल
भूमिप्रसाद पाठक पीडा पाली आफ्नै छाती बालेर के गर्छौ ? फाटिराख्ने मनलाई टालेर के गर्छौ ? मेरै माया लाग्छ भने अँगालोमा आऊ नत्र मेरो इज्जत मात्रै फालेर के गर्छौ ? चिठी लेख, फोन गर, छिटै भेट बोेल टाढै बसी मरिहत्ते हालेर के गर्छौ ? समयले पर्खदैन, फूल फूल्छ झर्छ दिनसदनै