ललितले दिलाए नेपाललाई सातौँ सफलता

लकीर्तिपुरमा जारी एसीसी प्रिमियर कप प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालविरुद्ध कतारले सातौँ विकेट गुमाएको छ । ललित राजवंशीले नेपाललाई सातौँ सफलता दिलाएका हुन् । ललितले १४ रन बनाएका अमिर फारुकलाई आफ्नो शिकार बनाए । खेलमा उनको यो दोस्रो विकेट हो । यसअघि उनले ओपनर कमरान खानलाई आउट गरेका थिए

कतारको छैटौ विकेट गुम्यो, सन्दीपलाई दोस्रो सफलता

कीर्तिपुरमा जारी एसीसी प्रिमियर कप प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालविरुद्ध कतारले छैटौ विकेट गुमाएको छ । सन्दीप लामिछानेले कप्तान मोहमद रिजलानलाई आफ्नो दोस्रो शिकार बनाएका हुन् । यसअघि उनले ओपनर जाहिर इब्राहिमलाई आउट गरेका थिए । सोमपाल कामीेले तीन विकेट र ललित राजवंशीले एक विकेट लिँदै कतारमाथि दबाब कायम

नेपाललाई चौथो सफलता, दबाबमा कतार

कीर्तिपुरमा जारी एसीसी प्रिमियर कप प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा सोमपाल कामीेले दुई विकेट लिँदै कतारमाथि दबाब कायम राखेको छ । सोमपालले इमाल लियानागे र मोहमद तनवीरलाई आफ्नो शिकार बनाएका हुन् । नेपालका लागि ललित राजवंशी र सन्दीप लामिछानेले १–१ विकेट लिएका छन् । कतारले ४ विकेटको क्षतिमा ३२ रन

नेपालको छैटौँ विकेट गुम्यो, सोमपाल कामी आउट

एसीसी प्रिमियर कप अन्तरगत समूह चरणको अन्तिम खेलमा नेपालले कतारविरुद्ध छैटौँ विकेट गुमाएको छ ।खेलको २१ ओभरमा सोमपाल कामी आउट भएका हुन् । कीर्तिपुरमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवात गरेको थियो ।

नेपालको पाँचौँ विकेट गुम्यो, कुशल मल्ल आउट

एसीसी प्रिमियर कप अन्तरगत समूह चरणको अन्तिम खेलमा नेपालले कतारविरुद्ध पाँचौँ विकेट गुमाएको छ । खेलको १७\२ ओभरमा कुशल मल्ल आउट भएका हुन् । त्यसअघि कप्तान रोहित पौडेल १६ औँ ओभरमा २७ रन बनाएर आउट भएका थिए । यसअघि १३ औँ ओभरमा ओपनर आसिफ शेख १९ रन बनाएर आउट भएका

लिड्स र लेस्टरले अंक बाँडे, एस्टन भिल्ला बिजयी

लिड्स युनाइटेड र लेस्टर सिटीले बराबरी खेल खेलेका छन् । इंगलिस प्रिमियम लिगको जारी खेलमा लिडस र लेस्टर सिटीले १–१ को बराबरी खेल खेलेर अंक बाँडेका हुन् । लिड्सका लुइस सिनिसटेराले सुरूवाती गोल गरेर १–० को अगता दिलाएका थिए तर लेस्टरका जेमी भार्डीले गोल फर्काए पछि खेल बराबरीमा टुंगिन पुग्यो

आत्मघाती गोल उपहार पाउँदा वुल्भ्स बिजयी

इंग्लिस प्रिमियर लिगमा वुल्भ्स विजयी भएको छ । मंगलबार राति घरेलु मैदान मोलिनक्स स्टेडियममा भएको खेलमा वुल्भ्सले क्रिस्टल प्यालेसलाई २–० ले पराजित गरेर बिजयी भएको हो ।वुल्भ्सले एउटा आत्मघाती गोल उपहार पाएको थियो भने अर्को पेनाल्टी गोलबाट जीत हासिल गरेको हो । पहिलो हाफको सुरूवाती अर्थात तेस्रो मिनेटमा नै क्रिस्टलका

क्यास्टेलानोसले चार गोल गर्दा रियल पराजित

जिरोनाका स्ट्राइकर भ्यालेन्टिन क्यास्टेलानोसले चार गोल गरेपछि साबिक विजेता रियल मड्रिड ला लिगामा पराजित भएको छ । मंगलबार राति भएको खेलमा रियल ४–२ गोलले पराजित भएको हो । पहिलो हाफमा दुई गोल गर्दै क्यास्टेलानोसले जिरोनालाई अग्रता दिलाएका थिए । ३४ औँ मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई खेलमा फर्काउने प्रयास

पुलिसँग मनाङ पराजित

सर्वाधिक ८ पटकको लिग च्याम्पियन मनाङ मर्स्याङ्दी फुटबल क्लबलाई हराउँदै विभागीय टोली नेपाल पुलिस क्लबले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा मंगलवार दोस्रो जित निकालेको छ । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा सम्पन्न खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले मनाङ मर्स्याङ्दी फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित

नेयमारमाथि म्यानचेस्टर युनाइटेडको नजर

प्रिमियर लिग महारथी म्यानचेस्टर युनाइटेडले पेरिस सेन्ट जर्मेनका फरवार्ड नेयमारको क्लबसँगको पछिल्लो अवस्थाबारे चासो राखेको छ । ब्राजिलियन खेलाडी गत फेब्रुअरी १९ देखि चोटका कारण मैदानबाहिर रहेका छन् । १३ गोल र ११ वटा असिस्टसहित उनले यो सिजन लिग वानमा पीएसजीका लागि उत्कृष्ट सुरुवात गरेका थिए । तर फिफा विश्वकपपछि