पथरीशनिश्चरे वडा नं. १ मा भीमकुमारको पल्लाभारी !

नेकपा एमाले पथरीशनिश्चरेका सचिव हुन् भीमकुमार राई । पार्टीको तर्फबाट वडामा आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरी पार्टीलाई चलायमान बनाएका भीमकुमार अहिले स्थानीय तहको निर्वाचनमा होमिएका छन् । किनकि उनी वडा नं. १ मा नेकपा एमालेका तर्फबाट वडा अध्यक्षका प्रत्यासी हुन् । वडा अध्यक्षको उम्मेद्वार बनिसकेपछि उनकै पल्लाभारी हुनेमा वडावासीहरु विश्वस्त

‘हरेक ठाउँमा हिँडेर पुग्न सक्छु र आफ्नो जिम्मेवारीलाई पूरा गरेरै छाड्नेछु’– देवीमाया काफ्ले

  देवीमाया काफ्ले उप–प्रमुख पदको उम्मेद्वार पथरीशनिश्चरे नगरपालिका नेकपा एमालेकी पथरीशनिश्चरे–६ की भूगोल समेटिएकी उम्दा उम्मेद्वार हुन् देवीमाया काफ्ले । लामो समय कम्युनिष्ट आन्दोलनमा खर्चिएकी काफ्ले निष्ठावान सादगी जीवनकी पर्याय हुन् । किसान आन्दोलन होस् कि अखिल नेपाल महिला संघको आन्दोलनमा उत्तिकै महत्वपूर्ण योगदान दिएकी नेतृ हुन् काफ्ले । स्थानीय

प्रमुख पदका उम्मेद्वार तुम्वापो भन्छन्–‘पैसा कमाउनुपर्छ भन्ने कहिल्यै सोचिनँ’

पुराना टिनघर भएको सानो कच्ची घर । त्यहाँ भित्रका साघुँरा कोठाका भित्तामा समाजसेवामा लाग्दाका धेरै प्रशंसापत्रहरू झुन्डिरहेका । पाहुना आउँदा पनि बसाइ मिलाउन मुस्किल पर्ने उही पथरीशनिश्चरे–२, शान्तिचौक नजिकै रहेको बासस्थानमा उमेरले पाँच दशकको यात्रा गर्दै गर्नुभएका नगरप्रमुख पदका उम्मेदवारले सादगी जीवन बिताइरहनु भएको देखिन्छ । असहजताभित्रै सहजताको खोजी गर्ने

पथरीशनिश्चरेको किर्तिपुरमा एमालेको वृहत् चुनावी–सभा

क्रेजी संवाददाता किर्तिपुर । ‘नेकपा एमालेको आह्वान, समृद्ध नगरका लागि सूर्यमा मतदान’ भन्ने मूल नाराका साथ पथरीशनिश्चरेको किर्तिपुरमा नेकपा एमालेको वृहत् चुनावी सभा भएको छ । सोमबार नेकपा एमाले निर्वाचन मूल परिचालन कमिटी पथरी शनिश्चरे नगरद्वारा आयोजित वृहत् चुनावी सभामा प्रमुख वक्ताको रुपमा संविधानसभा अध्यक्ष तथा वरिष्ठ नेता नेकपा एमालेका

‘वडा नं. १ लाई समृद्ध वडा बनाउने भिजनहरू मसँग पर्याप्त छन्’ – भीमकुमार राई

राजनीतिमा निष्ठावान, स्पष्टवक्ता, मिलनसार, निडर र सादगी स्वभावका धनी व्यक्तित्व हुन् भीमकुमार राई । २०३८ सालबाट साविक पथरीमा बसोबास सुरुवात गरेका राईले २०४६ सालबाट राजनीति सुरुवात गरेका हुन् । हरेकजसो सामाजिक अगुवाई, नेतृत्वदायी भूमिका निर्वाह गरेका राईले निरन्तर नेकपा एमालेमा सक्रियता देखाएका छन् । २०६८ मा पार्टी नेतृत्वमा आएका राई

‘हामीलाई मतदान गरी विजयी गराइदिनु हुन वडावासीमा अनुरोध गर्दछु’– बस्नेत

सालिन भद्र, मिजासिलो स्वभावका धनी हुन् उद्धवराज बस्नेत । ४९ वर्ष अघि दोलखा जिल्लाको तामाकोशी गाउँपालिकामा जन्मिएका बस्नेतले, व्यवस्थापन विषयमा स्नातक (बीकम) गरेका छन् । २०४० बाट पथरीशनिश्चरे वडा नं. ७ को लामाटोलीमा स्थायी बसोबास गर्नुभएका बस्नेतले २०४६ सालबाट राजनीतिक यात्रा तय गरेका हुन् । १ दर्जन भन्दा बढी सामाजिक

पथरीशनिश्चरे १ मा एमालेको विशाल घरदैलो कार्यक्रम, उर्लियो जनलहर

क्रेजी संवाददाता पथरी । चर्काे घामको प्रवाह नगरी हजारौंको संख्यामा नेकपा एमालेका उम्मेद्वार र कार्यकर्ताहरु शनिबार पथरी बजारमा छ्यापछ्याप्ती छाए । स्थानीय तह निर्वाचन अभियान अन्तर्गत नेकपा एमाले पथरीशनिशचरे १ नं. वडा कमिटीको आयोजनामा विशाल घरदैलो कार्यक्रममा नगर प्रमुख, उप–प्रमुख, वडा अध्यक्ष लगायत सदस्यहरु अघि अघि र शुभेन्छुक र कार्यकर्ताहरु

‘एमालेप्रतिको बढ्दो जनलहर नै मेरो जितको निश्चित आधार हो’– अधिकारी

४९ वर्षअघि झापा जिल्लाको साविक दमक–१० को खरखरेमा जन्मिएका हुन् उमानाथ अधिकारी । पथरीशनिश्चरे वडा नं. ५ हसन्दहका स्थायी वासिन्दा अधिकारीले राजनीतिक यात्रा २०४३ सालबाट आरम्भ गरेका हुन् । हाल नेकपा एमाले पथरीशनिश्चरे नगर कमिटीका उपाध्यक्ष पद सम्हालेका अधिकारीले दर्जनौ संघ संस्थामा रहेर काम गरिसकेका छन् । आसन्न वैशाख ३०

जम्बो टोली सहित पथरीशनिश्चरे १० मा एमालेको चुनावी अभियान

क्रेजी संवाददाता पथरी । स्थानीय तह निर्वाचनको मिति साता दिन मात्र बाँकी रहँदा पथरीशनिश्चरेमा एमालेको घरदैलो र चुनावी अभियान व्यापक रुपमा अघि बढिरहेको छ । आज वडा नं. १० को आयोजनामा जम्बो टिमसहित घरदैलो कार्यक्रम र कोणसभाको आयोजना गरिएको छ । पथरीशनिश्चरे नगरका प्रमुख पदका उम्मेद्वार मोहनप्रसाद तुम्वापो, उप–प्रमुख पदका

पथरीशनिश्चरेमा नेकपा एमालेमा प्रवेशको लहर

क्रेजी संवाददाता पथरी । स्थानीय तह निर्वाचनको संघारमा पथरीशनिश्चरेमा अन्य पार्टी परित्याग गरी एमालेमा प्रवेशको लहर नै चलेको छ । पथरीशनिश्चरे–४ मा आज विभिन्न पार्टी परित्याग गर्दै दर्जन बढी नेकपा एमालेमा प्रवेश गरेका छन् । वडाको पार्टी कार्यालय सिरिसे डाँडामा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरिएको थियो । माओवादी केन्द्र पथरीशनिश्चरे