
राई विद्यार्थीद्वारा रक्तदान गरी स्थापना दिवस मनाउँदै
क्रेजी साप्ताहिक पथरी । किरात राई विद्यार्थीहरुको साझा संगठन किरात राई विद्यार्थी संघ केन्द्रीय समितिले संस्थापक अध्यक्ष नवीन राईको सम्झना र सम्मानमा रक्तदान तथा अन्तरक्रिर्या कार्यक्रम गर्दै २१ औं स्थापना दिवस मनाउदैछ । केन्द्रीय समितिले आज (भाद्र १७ गते) विहान काठमाडौं कोटेश्वर स्थित कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।