
कोठेबारी महिला समूहद्वारा सिलाई कटाई तालिम
क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे–५ मा अवस्थित कोठेबारी महिला समूह मार्फत् महिलाका लागि ३ महिने सिलाई कटाई तालिम सुरु भएको छ । नगर उपप्रमुख यमुना विष्ट बास्तोलाले तालिमको उद््घाटन गर्दै गाउँवस्तीका महिलाहरु पनि उत्तिकै मात्रामा सक्षम भई आयआर्जन गरेर स्वनिर्भर वन्नु आजको आवश्यकता भएको चर्चा गर्दै सहभागीलाई उत्प्रेरित गर्नुभयो